fashion show in pokhara and kathmandu nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र १४ सोमबार । काठमाडौं र पोखराका युवतीहरुको सहभागीतामा शनिबार पोखरामा आकर्षक फेशन शो सम्पन्न भएको छ । रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा हुन गईरहेको सुपर मोडल कन्टेष्ट २०१५ तथा ब्लु रेज र आइरिस व्युटी पार्लरले पोखरामै हुने मिस डिभा पोखराका प्रतियोगीहरुको सहभागीतामा फेशन शो सम्पन्न भएको हो ।
गीत संगीत र हास्य प्रस्तुतिका साथ सम्पन्न फेशन शोमा सुपर मोडल कन्टेष्ट २०१५ का ३२ तथा मिस डिभा पोखरका १७ प्रतिस्पर्धी र्याम्पमा सहभागी भएका थिए । सहभागीहरुले आफुलाई विभिन्न सिक्वेन्समा प्रस्तुत गरेका थिए। सुपर मोडल कन्टेष्ट २०१५ स्पर्धीहरुलाई कोरियोग्राफर अश्वीनी झा र मिस डिभा पोखरका स्पर्धीहरुलाई सलीना गुरुङलाई कोरियोग्राफी गरेका थिए ।
पोखरास्थित लिगेसी होटलमा आयोजित फेशन शोमा हास्य कलाकार महादेव त्रिपाठीले जादुका साथ हास्य प्रस्तुति प्रस्तुत गरेका थिए भने गायक भरत समरीले आफ्ना दुई गीत प्रस्तुत गरेका थिए । डिजेइङ र डान्स पार्टीसहितको कार्यक्रम भुवनप्रकाश आचार्यको प्रमूख आतिथ्यता तथा पत्रकार विदुर गिरी, फिल्म निर्देशक सुमन दाहाल, नेत्र गुरुङ, फ्लाइटेकका प्रमूख कार्यकारी अधिकृत नाजिर हुसेन लगायतको आतिथ्यतामा सम्पन्न भएको थियो । प्रतिस्पर्धामा रहेका युवतीहरुलाई व्यवहारिक अनुभव दिलाउन फेशन शोको आयोजना गरिएको रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले बताए ।
प्रतिक्रिया