२, भाद्र, काठमाडौ ।
गायक रामकृष्ण ढकालले नेपालि साङ्गितिक यात्रा थालनि गरेको साढे दुई दशकअछि चौधौ एल्वम शितल निवासबाट राष्ट्रपति रामवरण यादवको हातबाट हिजो शनिवार भाद्र १ गते विमोचन भएको छ । हाम्रो सुन्दर संसार एल्बमबाट सांगीतिक क्षेत्रमा छिरेका रामकृष्ण ढकालको १४औं एकल एल्बम बाँचुन्जेल सार्वजनिक हुनुअघि नै चर्चामा रहेको थियो । चर्चाको दुई कारण थियो, चचिर्त भारतीय गायिका लता मंगेशकरसँग रामकृष्णको गायन र शितल निवासबाट राष्ट्रपति रामवरण यादवको हातबाट एल्वमको विमोचन । लताको स्वर रहेको एल्बमको शीर्ष गीत बाँचुन्जेलीलाई श्रोताले गुन्गुनाउन थालेको धेरै भयो । आनन्द अधिकारी र शिखर सन्तोषको संगीत रहेको यही गीतसहितको एल्बम विमोचन समारोहमा बोल्दै गायक रामकृष्णले भने–‘लता दिदीसँग गाउन पाउनु र राष्ट्रपतिको हातबाट एल्बम सवार्जनिक गराउन पाउनु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण क्षण रह्यो ।’छोरी रानीको बर्थ–डेको समेत संयोज मिलाइएको कार्यक्रममा रामकृष्णले बाँचुन्जेलीलाई आफ्नै छोरीसित गाए । प्राय: बाहिरको कन्सर्टहरमा समेत छोरीलाई स्टेजमै उतार्ने रामकृष्णले लामो तयारीपछि बजारमा ल्याइएको नयाँ एल्बमबाट श्रोताले अपेक्षा अनुकूल सन्तुष्टि पाउने दाबी गरे । विमोचित एल्वमको बारेमा बोल्दै राष्ट्रपति रामवरणले भने रामकृष्णको बिहान उठ्ने बित्तिकै नेपाल देख्न पाइयोस् गीत आफूलाई खुब मनपर्ने बताउँदै लताजस्ती चचिर्त गायिकासँग नेपाली गायकले गीत गाउनु राष्ट्रकै लागि गौरवको विषय रहेको बताए । एल्बमको कुन हुरीले कता उडाई गीतको म्युजिक भिडियो पनि राष्ट्रपतिले सार्वजनिक गरे । नयाँ पुराना गीत समेटिएको एल्बममा कालीप्रसाद रिजाल, दिनेश सुब्बा, आनन्द अधिकारी, सुवास गौतम र भूपेन्द्र खड्काको रचना छ भने शम्भुजित बाँस्कोटाका, आलोकश्री, किरण कँडेल, कालीप्रसाद बाँस्कोटा र शिखर सन्तोषको संगीत छ । एल्बममा फूल भन्छ जुन भन्छ, हाम्रो सुन्दर संसार, थरीथरीका फूलहर, जिन्दगीले यसरी धोका दियो कि, नभए तिमी यो संसार, र वेदनाको बाध्यताले, लगायत गीत छन् ।
प्रतिक्रिया