३२, साउन काठमाडौं । यात्रु बाहक बसले शुक्रबार दिउँसो शहीद गेटलाई ठक्कर दिएको छ । काँडाघारी–रत्नपार्क चल्ने ना २ ख ९९५१ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । सबै घाइतेलाई उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले बताएको छ ।
तस्विर : नागरिक 
प्रतिक्रिया