ब्रेकर :– बिबिसीका एक सम्वाददाताले कम्तीमा पचासवटा शवहरु आफैले देखेको बताएका छन् ।बिबिसी इजिप्टमा सुरक्षा सैन्यले राजधानी कायरोस्थित सत्तच्युत गरिएका राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकहरुका धर्ना शिविरहरु हटाउने क्रममा हिंसा चकिएपछि एक महिनाकालागि आपत्कालिन स्थीतिको घोषणा गरिएको छ । अधिकारीहरुले झण्डै नब्बे जनाको ज्यान गएको जनाएका छन् ।
तर प्रदर्शनकारीहरुको समर्थन गर्ने मुस्लीम ब्रदरहुडले हताहतिको संख्या सैयौं भएको दावी गरेको छ । विरोध शिविरहरुमा बुलडोजरहरु सहित सुरक्षा कार्वाही हुंदा गोली चलेका आवाजहरु सुनिएका थिए । सुरक्षा सैन्यहरुले अश्रु ग्यास प्रहार गरेका थिए ।
बिबिसीका एक सम्वाददाताले कम्तीमा पचासवटा शवहरु आफैले देखेको बताएका छन् । कार्वाही सुरक्षादलहरुले विरोध प्रदर्शनकारीहरुलाई हटाउने कार्वाहीका क्रममा आफ्ना दुईजना सदस्य मारिएका जनाएका छन् । रबा अल अदवीया मस्जीद बाहिर अवस्थित शिविरहरु नजीक रहेका बीबीसीका एकजना सम्बाददाताका अनुसार प्रदर्शनकारीहरुलाई हटाउन अशुरु ग्यासका अतिरिक्त गोली समेत प्रहार गरिएको थियो ।
कायरो विश्वविद्यालय संगैको नाहदा धर्ना स्थल पहिले नै खाली गरिसकिएको बताइएको छ । सुरक्षा सैन्यको कार्वाहीलाई मोहम्मद मोर्सी समर्थक मुस्लीम ब्रदरहुडले आम नरसंहार भनेको छ र आफूहरुको विरोध जारी रहने जनाएको छ । कायरोमा सुरक्षा कार्वाही मोहम्मद मोर्सी समर्थकहरुका दुईवटा शिविरहरुमा सुरक्षा सैन्यले कार्वाही गरेको हो । यसअघि इजिप्टको गृह मन्त्रालयले विरोध प्रदर्शनकारीहरुको शिविरहरु हटाउन सुरक्षा सैन्यले आवश्यक सबै कदम चाल्ने बताएको थियो ।
अपदस्थ राष्ट्रपति मोहम्मद मोर्सीका समर्थकले गत जुलाई तीन तारिखमा उनलाई पदच्युत गरिएदेखि नै नाहदा चोक र रबा अल अदविया मस्जिद अगाडी शिविर खडा गरि धर्ना दिइरहेका थिए । ती शिविरहरु खाली गर्ने कार्वाही जारी रहंदा शहरका विभिन्न भागबाट धुंवाको मुस्लो उडेको देखिएको थियो ।
प्रतिक्रिया