३०, साउन, धनुषा ।
आफ्नै आमालाई मुक्का प्रहार गरी मारेको अभियोगमा धवौली–१ तारा टोल बस्ने ३५ बर्षीय कामेश्वर पासवानलाई प्रहरीले पक्राउ गरेको छ ।
कामेश्वरले साउन २९ गते २२:१५ बजे घरायसी विवादमा ६० बर्षीया आमा पवन देवी पासवानलाई छातीमा मुक्का प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
प्रतिक्रिया