bato muniko phool 2 Yash Kumar and Dilip Rayamajhi movie
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख १२ आइतबार । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बाटो मुनिको फूल २’को गत शनिबार राजधानीमा च्यारिटी बेसको स्पेशल शो देखाइएको थियो । जागरण मिडियाको तर्फबाट आयोजित शो हेरेका सबै दर्शकहरुले सिनेमा रुचाएको बताए ।
स्पेशल शोमा चलचित्रका प्राय: सबै कलाकार अनि निर्माण उपस्थित भएपनि चलचित्रका निर्देशक सुवर्ण थापा भने देखिएनन् । सुटि सकिएपछि नै निर्माता यशकुमार र निर्देशक थापाबीच चलेको विवादको पराकाष्ट शनिबारको शो मा पनि देखियो । लिड कलाकार यशकुमारसागै बाबु बोगटी, अशिष्मा नकर्मी, ऋचा शर्मा, अर्पण थापा लगायत कार्यक्रममा उपस्थित थिए ।
चलचित्रका कलाकारसगै अन्य क्रियूलाई जागरण मिडियाको तर्फबाट सम्मानसहित मायाको चिनो प्रदान गरियो । सुरुमै निर्देशकलाई मायाको चिनो प्रदानको लागी उद्घोषकले नाम बोलाउदा थापा उपस्थित थिएनन् उनको उपहार सहायक निर्दशकले थापे । मुख्यत: नेपाली कांग्रेसका नेताहरुको उपस्थितीमा चलचित्रसग जोडिएका सदस्यहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । जातिय विभेदको कथा उठाएको फिल्मले छुवाछुतसगै त्यससागै जोडिएको खराब राजनीतिको कथालाई बोलेको छ ।
प्रतिक्रिया