Bisal Chautari Logo

महानिरिक्षक दुर्जकुमारले भने ‘बेलायती सेनामा भर्ति हुने युवाहरु मेरो कथा सुनेर, नेपाल प्रहरीमा सेवा गर्ने बताए’ (भिडियो सहित)

- १३ जेष्ठ २०७३, बिहीबार १८:१८ मा प्रकाशित


IGP Durja Kumar Rai of success Story
विशाल चौतारी समाचार
फोटो तथा भिडियो : विशाल राई
काठमाडौ, २०७३ जेठ १३ बिहिबार । शसस्त्र प्रहरी बल महानिरिक्षक दुर्जकुमार राईले ‘बेलायती सेनामा भर्ति हुने युवाहरु आफ्नो कथा सुनेर, नेपाल प्रहरीमा सेवा गर्ने बताएको कुराले भावुक बनेको बताएका छन् ।
IGP Durja Kumar Rai of success Storyहिजो बुधबार बानेश्वरको एक होटलमा शसस्त्र प्रहरी बल महानिरिक्षक दुर्जकुमार राईलाई सम्मान गर्न आयोजना गरिएको रुङमाहाङ वान्तवा राई वातोङ समिती युके तथा नेपालले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् । साथै कार्यक्रममा बोल्दै दुर्जकुमारले आफु गाई भैसी चराएको, गोरु जोतेको मान्छे आइजिपि भएको बताए । दुर्जकुमारले भने,‘–भोजपुरको अनकन्टर ठाउ जहा आलु गहु र मकै मात्र फल्ने ठाउमा जन्मेको हु । यस्तो ठाउामा जन्मेपनि मेरो मेहनत लगशीलताले म आइजिपी भए’, उनले आफ्ना कहानी भावुक हुदै सुनाए ।
IGP Durja Kumar Rai of success Story (4)रुङमाहाङ वान्तवा राई वातोङ समिती युके तथा नेपालले आइजिपी राईलाई ताम्रपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । उनलाई आफनो कुल वंशबाट पहिलो पल्ट आइजिपी भएको र एक्लो प्रयासले सम्रग राई जातिकै शिर उचो पारेकाले सम्मान गरिएको कार्यक्रमका संयोजक तथा व्यवस्थापक भुमिराज राईले बताए । कार्यक्रममा आईजिपी राईको बाल्यकालदेखि आइजिपीसम्मको जीवन यात्राको बृत्रचित्र पनि प्रस्तुत गरिएको थियो । आइजिपी राईले सम्मानपछि आफु आइजिपी भएकोमा मात्र सम्मान दिनु भन्दा पनि भोजपुरको दुर्गम ठाउामा बाट सामान्य शिक्षा लिएर आइजिपी भएको अवस्थामा सम्मान दिदाा सम्मानको गर्नु अर्थपुृर्ण रहने बताए ।
IGP Durja Kumar Rai of success Story (8)सम्मान तथा बधाए कार्यक्रममा नेपालका चर्चित गायक राजेश पायल राई, हेमन्त शर्मा, शम्भु राई, वितरक गोपाल कायस्थ, गायिका तायाहाङमा राई, मिलन अमात्य, कला राई, मेनुका राई, संगितकार शान्तिराम राई, गायक राई नवीन, विक्रम राई लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो । त्यस्तै कार्यक्रममा समितीले किराँत माङखिम निर्माणका लागि १ लाख १० हजार १ सय १५ रुपौया सहयोग गरेको छ ।

महानिरिक्षक दुर्जकुमार राईले कार्यक्रममा बोलेको मनछुने भिडियो हेर्नुहोस् :

IGP Durja Kumar Rai of success Story (7)

IGP Durja Kumar Rai of success Story (3)

IGP Durja Kumar Rai of success Story (5)

IGP Durja Kumar Rai of success Story (1)

प्रतिक्रिया