sakela ubhauli kirat rai festival in Tundikhel kathmandu
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ २२ शनिबार । किरात राई समुदायहरुको महान चाड साकेला उभौली पर्व आज शनिबार टुँडिखेल–काठमाडौमा भब्यताका साथ प्रकृति पुजक किराती समुदायले मनाएका छन् । वैशाख पूर्णिमादेखि सुरु भएको उभौली पर्वको आज शनिबार समापन गरिएको छ ।
टुँडिखेल मय बनेको साकेला करिव ६–७ घण्टा लगातार चलेको थियो । जहा बालबालिकादेखी युवा पुस्ता र बुढा–बुढीको समेत उपस्थित रहेको थियो । जेठ महिनाको चर्को गर्मीमा पनि उपथित सबैजना साकेला नाच्नमा ब्यास्त रहेका थिए । किरात राई यायोक्खाका उपाध्यक्ष दिवस राईले उक्त नाचको उद्घाटन गर्दै प्रथम किराती राजा यलम्बरदेखि ३२ पुस्तासम्म काठमाडौमा शासन गरेका किरात वंशको अहिले ऐतिहासिक परम्परा हराउदै गएको बताए ।
पछिल्ला वर्षहरुमा साकेला पर्व किरातीहरुले मात्र नभएर अन्य जातजातीहरु समेत सहभागी भएर नाच्ने गरेको देख्न सकिन्छ ।
गर्मी महिनामा सर्वसाधारण मानिस तथा विभिन्न जीवजीवात्मा, चराचुरुङ्गीले शीतलताका लागि उँधो–उँधो बासस्थान परिवर्तन गर्ने भएकाले उधौली तथा बिरुवा पलाउने तथा टुसाउने समयमा उभौली नाच नाचिन्छ । किरात समुदायले मुलुकमा बालीनाली राम्रो होस्, अतिवृष्टि, अनावृष्टि भई अनिकाल नहोस् भनी यस्तो नाच गर्ने गर्छ ।
प्रतिक्रिया