Amber Gurung last condolence
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ जेठ २६ बुधबार । वरिष्ठ संगीतकार अम्बर गुरुङको राष्ट्रिय सम्मानको साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । उपप्रधान एवं रक्षामन्त्री भीम रावल आर्यघाट पुगेर गुरुङलाई राष्ट्रिय झन्डा ओढाएका थिए । नेपाली सेनासहितका सुरक्षाकर्मीले गुरुङको सम्मानमा सलामी दिएको छ ।
ग्रान्डि अन्तराष्ट्रिय अस्पतालमा हिजो बिहान २ बजेर ३७ मिनेटमा निधन भएका गुरुङको पार्थिव शरीरलाई ११ बजेदेखी अपरान्ह ३ बजेसम्म अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको थियो ।
अन्तिम श्रद्धान्जलीका लागि प्रज्ञा भवनमा राखिएको पार्थिव शरीरलाई ११ बजेदेखी अपरान्ह ३ बजेसम्म सेलिव्रेटिहरुको आएका थिए । अम्बर गुरुङद्धरा संगीतवद्ध राष्ट्रिय गान ‘सयौ थुंगा फुलका हामी’ राष्ट्रगानका चर्चित गायक राजेश पायल राई अन्तिम श्रद्धान्जली दिनका लागी सबैभन्दा अगाडी पुगेका थिए । त्यस्तै चर्चित गायकहरु रामकृष्ण ढकाल, शम्भुजित बास्कोटा, आनन्द कार्की, प्रमोद खलेर लगायत धेरै गायकहरु उपस्थित रहेका थिए ।
त्यहाबाट निकालिएको शव यात्रा कमलपोखरी–गौशाला हुदै आर्यघाट पुगेको हो । सरकारका मन्त्री, उच्चपदस्थ अधिकारीदेखि हजारौं सर्वसाधारण गुरुङको अन्तिम विदाईका लागि आर्यघाट पुगेका थिए । बौद्ध धर्म अनुसार बिहान पूजा गरिएपछि आर्यघाटमा भने हिन्दु संस्कार उनुसार उनको दाहसंस्कार गरिएको हो ।
विसं १९९४ फागुन १४ गते भारतको दार्जिलिङमा गुरुङको जन्म भएको थियो । प्रवासमा जन्मेर नेपाल आई गुरुङले नेपाली गीतसङ्गीतमा योगदान गर्नुभयो । उनको पहिलो गीत ‘नौलाख तारा उदाए..विसं २०१८ मा कोलकातामा रेकर्ड भएको थियो । विसं २०२४ मा नेपाल आउनुभएका गुरुङले २०२६ देखि नेपाल प्रज्ञा– प्रतिष्ठानमा सङ्गीत निर्देशकका रुपमा काम गरेका थिए । उनी २०२७ सालमा गोरखा दक्षिण बाहुले विभूषित भएका थिए । ‘मेरो देश’, ‘सपना कतिपय’, ‘मनको बााध’, ‘जीवन रेखा’ आदि नेपाली चलचित्रलाई उनले सङ्गीतबद्ध गरेका थिए । त्यस्तै ‘फर्केर हेर्दा, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक र गीति नाटक ‘मालती मङ्गले’ र ‘मुनामदन’लगायतमा उनले संगीत भरेका छन् ।
त्यसैगरी गुरुङले ‘रातो र चन्द्रसूर्य’, ‘नौ लाख तारा उदाए. ‘म अम्बर हु, तिमी धर्ती. लगायत करिब ५०० गीतमा सङ्गीत भरेका थिए । अम्बर गीतकार, सङ्गीतकार र गायक तीनै विधामा पोख्त थिए । सरकारले उनलाई नेपाली सेनाको मानार्थ महासेनानीबाट सम्मान गरेको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका प्रथम कुलपति गुरुङले करिब हजार गीतमा सङ्गीत भरेका थिए भने भने छर सात सय गीत उनकैशब्द र स्वरमा रहेका छन् ।
प्रतिक्रिया