Satyaraj Acharya ‘Madhushala’ albam release in Style Award
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई (contac number)
काठमाडौ, २०७३ अषाढ १ बुधबार । चर्चित गायक सत्यराज आचार्यले आफ्नो महोत्वकांक्षी भनेको गजल एल्वम ‘मधुशाला’ शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन् । गत शनिबार ‘सोल्टी क्राउन प्लाजा’मा एक भब्य कार्यक्रमको आयोजना गर्दै सत्यराजले आचार्य परिवारको ३ पुस्ताले ‘मधुशाला’ विमोचन गरे । सत्यका पिता, सत्य–स्वरुप र उनीहरुका छोरा सहित ३ पुस्ताले एकै पटक एल्वम विमोचन गरेका थिए ।
एल्बम विमोचनसंगै सत्यराजले उनलाई गजल लेखनमा प्रेरणा दिने डा. कृष्णहरि बराललाई गुरुका रुपमा सम्मान गरे । कुनै म्युजिक अवार्ड जस्तो स्टेज र दर्शकदिर्घामा सेलिव्रेटीहरुले भरिएको माहोलमा गायक सत्यराजले एल्वम भित्र समावेश ८ गजल गाएर सुनाए । सत्यराजले पलेटी मारेर गजल गायनको सुरुवात भने आफ्ना पिता भजनशिरोमणी भक्तराज आचार्यको गजलबाट गरेका थिए ।
राष्ट्र कवि माधव प्रसाद घिमिरेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सत्यलाई चिनाउदै, उनकी श्रीमती अनिताले स्टेजबाट स्वागत मन्तब्य राखिन् । नेपाली गजलको इतिहासमा सम्भवत यो पहिलो एल्वम हो, जसमा एकै स्रष्टाको स्वर, शब्द तथा संगीत समावेश छ । ‘मधुशाला, काली, आज एउटा, याद तिम्रो, आउ तिमी, नचलाउ मलाई, जिन्दगीको र हामी पनि’ गरि ८ वटा गजल एल्बममा समावेश छन् ।
कार्यक्रममा प्रधान सेनापति राजेन्द्र क्षेत्री, वरिष्ठ गितकार यादव खरेल, राजेन्द्र थापा, गजलकार द्वय घनश्याम परिश्रमी, बरिष्ठ संगितकार शक्ति बल्लभ, दिपक जंगम, राजु सिहं, टिका भण्डारी, सचिन सिहं, लक्षमण शेष, बसन्त सापकोटा, महेश खड्का, गायिका मिरा राणा, बिमला राई, देबिका बन्दना, प्रश्ना शाक्य, गायक आनन्द कार्की, बाबु बोगटी अभिनेत्री झरना थापा, निर्माता सुनिल कुमार थापा लगाएत नया पुराना संगितका हस्तिहरुको उल्लेख्यरुपमा उपस्थिती रहेका थियो । कार्यक्रमलाई चर्चित स्टेज किङ नरेश भट्टराईले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया