साउन, ९ काठमाडौ । सडकहरुमा विभिन्न संघसंस्थाहरुको लोगो लगाई सवारी साधन चलाउदा ध्यान दिनुपर्ने कुरा सिकाईरहेको सवारी चालकका लागि कुनै नौलो कुरा होईन । तर आज साउन ९ गते काठमाडौको गोंगवु वसपार्कमा पुग्ने प्राय सबै सवारी चालकहरु दंग थिए । किनभने आज गोंगबुमा कुनै संघ संस्थाका मानिसहरु नभई अभिनेता आर्यन सिक्देल, अभिनेत्री केकि अधिकारी र बेनिशा हमाल थिए । उनिहरुले आउन लागेको चलचित्र ‘महशुस’का प्रचारका लागि उनिहरुले सडकमा गएर चलचित्रको जानकारी तथा सवारि साधनमा चलचित्रको स्टिकर टासेका थिए ।

सवारी साधन चलाउदा अपनाउनु पर्ने सावधानीको बिषयमा लेखिएको स्टीकर टाँस्दै गर्दा कलाकारहरुले नयाँ अनुभुती गरेपनि आम जनतालाई चेतना जगाउन पाउँदा खुशी लागेको बताए । बसपार्कमा निर्माता कल्याण घिमिरे र निर्देशक नबल नेपाल पनि उपस्थित थिए ।

‘ तिव्र गति जिवन क्षति ’ ‘सवारी साधन विस्तारै हाँकौ’ लेखिएका स्टिकरहरु तिन कलाकारले सवारी साधन भित्र प्रवेश गरेरै टाँसेका थिए । नेपाल यातायात मजदुर संघको सहयोगमा आयोजना भएको यो कार्यक्रमले जनतामा सचेतना जगाउन मद्धत पुग्ने विश्वास निर्माणपक्षले लिएको छ । गोगबु बसपार्कमा कलाकारहरु पुगेपछि माहोल फिल्ममय भएको थियो । चलचित्र ‘महशुश’ साउन ३२ गतेबाट प्रदर्शनमा आउँदैछ ।
प्रतिक्रिया