Mrs Mongol Nepal 2016 talent show
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १४ मंगलबार । मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भइरहेको मिसेस मंगोल नेपाल–२०१६का प्रतियोगीहरुले आ–आफ्ना प्रतिभा देखाएका छन् ।
गत आइतबार राजधानीको दरबारमार्गको सि–डब्लु रेस्टुरेन्टमा गरिएको ट्यालेन्ट सोमा मिसेस मंगोल नेपाल–२०१६का १५ प्रतिस्पर्धीहरुले प्रतिभा देखाएका थिए । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको मिसेस मंगोल नेपाल–२०१६ सिजन–३ को ट्यालेन्ट सोमा प्रतियोगीहरुले डान्स, स्पिच, खानाको परिकार लगायतका प्रतिभाहरु निर्णयहरुमाझ पस्किएका थिए । एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले सञ्चालन गरेको ट्यालेन्ट सो कार्यक्रममा निर्णायकहरुमा क्रमश अभिनेत्री पुजना प्रधान, अफिसिय कोरियोग्राफर हिमानी सुब्बा, व्युटिसियन गौरा राई क्षेत्री, एरेक्स महर्जन लगायत रहेका थिए । प्रतियोगीतहरुले बनाएको विभिन्न परिकारको स्वाद निर्णायकहरुले चाखेका थिए ।
एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।
प्रतिक्रिया