Bisal Chautari Logo

‘फान अवार्ड’मा आर्यन र नम्रता उत्कृष्ट अभिनेता–अभिनेत्री || ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र (फोटो फिचरसहित)

- १८ असार २०७३, शनिबार १८:०३ मा प्रकाशित


FAAN Award 2072 Aaryan sigdel & Namrata Shrestha best actor/actress
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ अषाढ १७ शुक्रबार । चलचित्र कलाकार संघले आयोजना गरेको पहिलो ‘फान अवार्ड’मा चलचित्र ‘क्लासिक’बाट आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेता–अभिनेत्रीको विधामा अवार्ड जितेका छन् ।
FAAN Award 2072 Aaryan sigdel & Namrata Shrestha best actoractressकाठमाण्डौको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र बन्न सफल भयो । यो बाहेक चलचित्र ‘पशुपति प्रसाद’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट खलपात्र र उत्कृष्ट कथाको विधामा अवार्ड जित्यो ।
FAAN Award 2072 dipendra k khanalअवार्ड कार्यक्रममा वरिष्ठ कलाकार हरि प्रसाद रिमालललाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया सहित ‘दीर्घ साधान सम्मान’ प्रदान गरियो । प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनलाई सम्मान गरे । दोसल्ला, सम्मानपत्र र नगदसहित उनलाई सम्मानित गरिएको थियो ।
FAAN Award 2072कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थित थियो । कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली चलचित्र क्षेत्र उपेक्षित हुन नहुने क्षेत्र भएको भन्दै आफू सधै यो क्षेत्रसागै रहेको बताए । राष्ट्रको विकासको मापदण्ड कला क्षेत्र पनि भएको भन्दै उनले यसको विकासका लागि सरकार हातेमालो गर्न तयार भएको बताए ।
FAAN Award 2072 Aaryan sigdel & Namrata Shrestha best actoractress (12)त्यस्तै ‘फान अवार्ड’मा ५० बर्षको अवधीमा हिट बनेका नेपाली चलचित्रका गीतमा कलाकारले नृत्य गरेका थिए । संगीतकार संघ नेपालले स्वर्गिय संगीतकार अम्बर गुरुङको संझनामा ‘रातो र चन्द्र सूर्य र मलाई नेपाली होइन भन्न’ बोलको गीत गाएर कार्यक्रम सुरु भएको थियो ।

FAAN Award 2072 samragyee rajya laxmi shah, namrata shrestha and jharana thapa

‘फान अवार्ड’मा उत्कृष्ट हुन सफल चलचित्रकर्मी र चलचित्रको नाम यसप्रकार छ:

१.उत्कृष्ट फिल्म: पशुपति प्रसाद
२.उत्कृष्ट अभिनेता: आर्यन सिग्देल(क्लासिक)
३.उत्कृष्ट अभिनेत्री : नम्रता श्रेष्ठ(क्लासिक)
४.उत्कृष्ट निर्देशक: दीपेन्द्र के खनाल(पशुपति प्रसाद)
५.उत्कृष्ट हास्य कलाकार: विल्सन विक्रम राई(अधकट्टी)
६.उत्कृष्ट खलपात्र: विपिन कार्की(पशुपति प्रसाद)
७.उत्कृष्ट सह–अभिनेता: जीतु नेपाल(वडा नम्बर ६)
८.उत्कृष्ट सह–अभिनेत्री: रोमी घिमिरे(क्लासिक)
९.उत्कृष्ट नव–अभिनेत्री: साम्राज्ञीराज्य लक्ष्मी शाह(ड्रिम्स)
१०.उत्कृष्ट नव अभिनेता: पल शाह(नाई नभन्नु ल ४)
११.उत्कृष्ट चरित्र अभिनेता: रमेश वुढाथोकी(भाग् सानी भाग्)
१२.उत्कृष्ट चरित्र अभिनेत्री: लक्ष्मी गिरी(प्रेमगीत)
१३.उत्कृष्ट नव निर्देशक: भूवन केसी(ड्रिम्स)
१४.उत्कृष्ट छायांकार: संजय लामा र पुरुषोत्तम प्रधान(ड्रिम्स)
१५.उत्कृष्ट सम्पादन: सुरेन्द्र पौडेल(क्लासिक)
१६.उत्कृष्ट संगीतकार: राजनराज सिवाकोटी(वडा नम्बर ६)
१७.उत्कृष्ट गायक: यूवराज चौलागाई(क्लासिक)
१८.उत्कृष्ट गायिका: अन्जु पन्त(प्रेमगीत)
१९.उत्कृष्ट गीतकार: डाक्टर कृष्णहरि बराल(प्रेमगीत)
२०.उत्कृष्ट द्धन्द्ध निर्देशक: हिमाल केसी(भैरव)
२१.उत्कृष्ट नृत्य निर्देशक: शंकर वीसी(वडा नम्बर ६)
२२.उत्कृष्ट संवाद: दीपकराज गिरी(वडा नम्बर ६)
२३.उत्कृष्ट पटकथा: रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी कबड्डी)
२४.उत्कृष्ट कथा: दीपेन्द्र के खनाल(पशुपति प्रसाद)

FAAN Award 2072 paul shah

FAAN Award 2072 anju panta

FAAN Award 2072 yubaraj chaulagain

FAAN Award 2072 rajanraj siwakoti

FAAN Award 2072 wilson bikram rai

FAAN Award 2072 purusottam pradhan

FAAN Award 2072 krishna hari baral

FAAN Award 2072 ram babu gurung (3)

प्रतिक्रिया