– श्रेया सोताङ (गायिका)
विशालसंग फन्नि संवाद
तपाईं आफैँले नेपाल बन्द गर्नुपर्ने बाध्यता आइलागे गाडीहरु कत्तिको तोडफोड गर्नुहुन्थ्यो ?
खासमा त मलाई त्यस्तो मनै छैन । बाध्यता नै आइलागे पनि तोडफोडचाहिँ गर्दैनथेँ । आखिर देशका सम्पत्ति सबै आफ्नै त हुन्, किन फुटाउनु ? बरु तोडफोडमा उत्रने बन्दकर्तालाई पनि यसबारे एकचोटि सोच्न आग्रह गर्छु ।
गायनमा नलागेको भए के बन्नुहुन्थ्यो ?खोइ के बन्थेँ–बन्थेँ, सोच्नै बिसिएँर्छु । स्कुल लेबलमा छँदाचाहिँ टिचर बन्छु भन्थेँ रे, रुचाउँथे रे, बुबाममीले सुनाउनुहुन्छ ।
अपरिचित व्यत्तिले फोनमा आई लभ यु भनिराख्यो भने के गर्नुहुन्छ ?फोनै रिसिभ गर्दैनथेँ ।
तैपनि गरेको गर्यै गर्यो भने ?ह्या झ्याउ …… किन बढी झन्झट खेपिरहने ! बरु सिम नै चेन्ज गरिदिन्छु ।
साँच्चिकै माया लागेर त्यसरी मरिहत्ते गर्न खोजेको पनि त हुन सक्छ नि ?हा…हा…हा..त्यसरी खेदो हालेर फोनमा डिस्टर्ब गर्ने मानिसको कुदृष्टि हुन्छ ।
गायक राजेशपायल, शिव र प्रमोदमध्ये एकलाई चुम्बन गर्नुपरे ?अबुई ! तीन जनामध्ये कसैलाई पनि गदिर्नथेँ । त्यस्तो स्थीति मलाई कहिल्यै आइनपरोस् । त्यस्तो कल्पना पनि गर्न सक्दिनँ ।
कुख्यात बन्नुपर्ने बाध्यता आए कुन उपाय अपनाउने ?कुख्यात बन्नुपरे घमन्डीका रपमा चिनिनु पर्ला ! मेरो क्यारेक्टर सफा होस्, घमन्डीका रपमा कुख्यात हुन परे पनि केही छैन ।
तपाईंलाई सेक्सी बन्न मन लाग्छ कि सुन्दरी ?सेक्सी भन्ने कुरा क्षणिक हुने भएकाले म त सुन्दरी नै बन्छु । सुन्दरतामा नयाँ–पुरानो भन्ने हुँदैन, जसलाई म अहिले सुन्दर लाग्छु, पछिसम्म पनि त्यस्तै लागिरहन सक्छु ।
टन्टलापुर घाममा चिसो हावाको स्पर्श मीठो कि सेक्सको आनन्द ?वास्तवमा दुवै आनन्द नै हुन् तर परिस्थिति अनुसार फरक पर्न सक्ला । अहिलेको गर्मी महिनामा सिरसिर हावाको आनन्द मीठो लाग्छ । तर, जाडो महिनामा सिरसिर हावाले ज्यानै कमाउँछ ।
संसारका सबै मान्छेको प्रजनन अंग एकैचोटि गायब भए के होला ?त्यस्तो भयो भने त अहिले संसारमा जति मानिस छन्, जनसंख्या त्यसभन्दा नबढ्ला । केही समयमै मानव जीवन लोप भएर जाला ।
प्रतिक्रिया