samragyee rajya laxmi shah Hot and sexy dress in faan award
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ २० सोमबार । ‘फान अवार्ड’मा अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको पहिरणले धेरैको ध्यान खिचेको थियो । रातो रंगको वन पिसमा पुगेकी साम्राज्ञी आकर्षक देखिएकी थिइन् ।
चलचित्र ड्रिम्सबाट डेब्यु गरेकी अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह एउटै चलचित्रबाट अत्याधिक चर्चा बटुल्न सफल अभिनेत्री हुन् । केही दिन अगाडी कलाकार संघले आयोजना गरेको ‘फान अवार्ड’मा अभिनेत्री साम्राज्ञीले उत्कृष्ट नव–अभिनेत्रीको अवार्डपनि जितिन् । पहिलो पटक अवार्ड पाउदा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आखाबाट आाशु झर्यो । आमासगै स्टेजमा पुगेकी उनले सबैलाई धन्यवाद दिइन् । आफूलाई सधै साथ दिएकोमा आफ्नी आमालाई विशेष धन्यवाद दिइन् ।
पहिलो चलचित्र खेलेपछि डिमाण्डेड बनेकी यी अभिनेत्रीले अब ‘ए मेरो हजुर २’मा काम गदैछिन् । अभिनेत्री साम्राज्ञीको पहिरण यो साताको लागी विशाल चौतारीको फेशन विकमा परेको छ ।
प्रतिक्रिया