आफूहरुले गल्ती गरेको स्विकार गर्दै एक पटकलाई माफी दिदै सिनेमा चलाउन दिनुहुन भनी निर्माताले गरेको आग्रहलाई अदालतले सुनुवाई गरेको हो । चलचित्र सेन्सर बोर्डले सेन्सर गरेका दृश्य सहित सिनेमा चलाउन दिनु भनी पुनरावेदन अदालतले फैसला सुनाएपछि ‘एटीएम’ यूनिट दंग परेको हो ।
जीया केसी, सोनीया शर्मा, सविना कार्की, दिनेश थापा लगायतका कलाकारले अभिनय गरेको यो चलचित्र प्रोमो सार्वजनिक भएसँगै चर्चामा थियो । चलचित्रमा समावेश केही उच्छृङखल दृश्य र संवादले सर्वत्र आलोचना भोगेको थियो । तर अदालतले निर्माताको पक्षमा फैसला गरेपछि निर्माण यूनिटलाई भने केही राहत मिलेको छ ।
प्रतिक्रिया