Rewat-Rai-Album-Emerge
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ बैशाख २८ आइतवार । पछिल्लो समय नेपाली साङ्गीतिक क्षेत्रमा एउटा सकारात्मक परिवर्तन आएको छ । लामो संगीतको साधनापछि मात्र एल्बम ल्याउने परम्परामा बाधिदै खोजि प्रतिभाको फाइनल सम्म आइपुगेका गायक रेवत राईले आफ्नो पहिलो एल्बम भने अहिले ल्याएका छन् ।

आज आइतवार गायक राजेशपायल राईको ‘दर्शन नमस्ते रेष्टुरेन्ट’मा एक पत्रकार सम्मेलनको आयोजना गरी गायक रेवतको पहिलो एल्बम ‘इमर्ज’ सार्वजनिक गरेका छन् । कार्यक्रमका प्रमुख अतिथी दिप श्रेष्ठ, गायक राजेशपायल राई, संगीतकार सुरेश अधिकारी, महेश खड्का, खोटाङ सेवा समाजका अध्यक्ष राकेश राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, गायिका पार्वती राई लगायतले सामुहिक रुपमा विमोचन गरेका थिए ।

साङ्गीतिक क्षेत्रमा करिव ६–७ वर्ष अगाडीदेखी लागिरहेका गायक रेवतले आफ्नो पहिलो एल्बम ल्याउन भन्दा अगाडी करिव २ दर्जन भन्दा बढि गीतहरु गाइसकेका छन् ।
समग्र एल्बमको समिक्षा गर्दै संगीतकार सुरेश अधिकारीले एल्बमका सबै गीतहरु सुन्दा नेपाली साङ्गीतिक क्षेत्रमा आउँदो पुस्ताको सम्भावना बोकेका गायकको रुपमा पाएको बताए । केही गीतहरु गाउन अफ्ट्यारो भएपनि गायक रेवतले सरल किसिमले गाएकाले गीत सन्दा त्यस्तो नलाग्ने समिक्षा गरे ।
त्यस्तै एल्बम विमोचन समारोहका प्रमुख अतिथी तथा चर्चित गायक दिप श्रेष्ठले एल्बम ल्याएको उपलक्ष्यमा बधाइ दिदै एल्बमका गीतहरु राम्रा बनेको बताए । केही सुधारहरु गर्नपर्ने भएपनि पहिलो एल्बममा धेरै राम्रो भएको बताए ।

विमोचन कार्यक्रममा गायक रेवत राईले एल्बममा समावेश दुई गीतपनि गाएका थिए । गीत गाउदा उपस्थित पत्रकार तथा अतिथीहरुले ताली बजाएर साथ दिएका थिए ।
९ गीत समावेश एल्बममा विरेन्द्र राई, महेश खड्का, पुजा चौधरी, लिला राई, मुकेश राई, विश्वकाजी राई, भोगेन एक्ले, अम्बिका प्रधान र लाल सुन्दर राईको शब्द रहेको छ । त्यस्तै एल्बममा सुरेश अधिकारी, महेश खड्का, रेवत राई, मनोजराज, राई नविन, भिमसेना राई, स्वरुपराज आचार्य, तारा प्रकाश लिम्बु लगायतको संगीत रहेको छ । एल्बममा क्रमश : चार धाम घुमी, तिमिले माया गरे, लाहुरे दाइकी छोरीले, चञ्चल पवन संगै, जिन्दगीमा सधैभरी, तिम्रो त्यो दोधारे बानी, मनको गीत, अलिकती तिम्रो प्रितले र दिखुवा साधु बोलका गीतहरु समावेश गरिएको छ । एल्बमलाई भाइव्स क्रियशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया