गत चैत १ देखि ९ सम्म सञ्चालन भएको परीक्षामा मुलुकभरबाट ५ लाख ४७ हजार १६५ जना परीक्षार्थी सहभागी भएका थिए जसमा नियमिततर्फ ४ लाख ३० हजार ९७ र एक्जाम्टेडतर्फ १ लाख १७ हजार ६८ जना छन् । परीक्षाका लागि मुलुकभर कुल १ हजार ७ सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो ।
–शिक्षा मन्त्रालयको वेबसाइट www.moe.gov.np
–शिक्षा विभागको www.doe.gov.np
–परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np
–नेपाल टेलिकमको slc.ntc.np
–वर्डलिङ्कको slc.wlink.com.np मा एसएलसीको नतिजा हेर्न सकिने छ ।
–नेपाल टेलिकमको सिम भएका मोबाइलबाट एलएलसी स्पेश सिम्बोल नम्बर र अल्फाबेट टाईप गरी १४०० मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।
यसवर्ष कार्यालयले शुल्क तिरेर पत्रिकामा नतिजा नछाप्ने जानकारी दिएको थियो ।
प्रतिक्रिया