Chhulthim Gurung Dalli – NOVEMBER RAIN
काठमाडौं, २०७१ बैशाख, २६ बिहीबार । केही दिन अगाडी रिलिज भएको चलचित्र चलचित्र ‘नोभेम्बर रेन’ले व्यावसायिक रुपमा जस्तोसुकै प्रर्दशन गरेपनि यसै चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री छुल्ठिम गुरुङले भने राम्रै प्रसंसा बटुल्न सफल भइन् । अहिले उनलाई यहि चलचित्रबाट उपनाम मिलेको छ ‘डल्ली’ ।

भीजेका रपमा करियर सुरु गरेकी उनले तीन दर्जन म्युजिक भिडियोमा मोडलिङ, आधा दर्जनभन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेकी अभिनेत्री छुल्टिम चलचित्रको प्रचार प्रसारमापनि राम्रोसंग लागिन् ।

अभिनेत्री छुल्टिमको यस्तो लगानले गर्दा उनको अभिनय करियर कता जाला अनि उनले कुन चलचित्र खेल्लान् ? भन्ने दर्शकहरुमा परिरहेको छ । तर अभिनेत्री डल्लीले अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित एक अन्र्तवार्तामा भनेकी छिन् –‘चलचित्रमा मलाई त्यति धेरै रुचि जागेन । सायद अब चलचित्रमा काम गदिनँ होला । त्यस्तै राम्रो प्राजेक्ट र जीवन्त भूमिका पाइहाले भने सोचौंला नत्र अब यस्तै हो’, अभिनेत्री छुल्टिमले बताएकी छिन् ।

आफु भिजेबाटै आएको हुनाले आफुलाई भिजे मनपर्ने र भिजे भनेकै मनपर्ने बताउदै अभिनेत्री छुल्टिमले भनिन्–‘एउटै प्रोजेक्टमा पाँच, छ महिना भुलिरहन गाह्रो लाग्यो । मिडियामा दिनदिनै नयाँ कुरामा बोल्ने, खोज्ने बानी परेको मान्छे चलचित्रमा त्यति स्वाद आएन’, अभिनेत्री छुल्टिमले बताइन् । एक प्रकारले चलचित्रमा भविष्य नदेखेरपनि काम नगर्ने निधो गरेको डल्लीले बताइन् ।

प्रतिक्रिया