interesting news
एजेन्सी । बेलायतमा बस्ने एक २१ वर्षीय पुरुषले छोरीलाई जन्म दिएका छन् । यो बेलायतको पहिलो घटना हो । उनी लिंग परिवर्तनको प्रक्रियाको क्रममा स्पर्म डोनरको सहयोगमार्फत बुवा बन्न सफल भएका हुन् ।
यो वर्षको सुरुवातमा एक स्पर्म डोनरको सहयोगबाट गर्भवती भएको घोषणा गरेपछि हायडेन क्रास संसारभरी चर्चित भएका थिए । उनले गत अप्रिल २९ तारिखमा छोरीलाई जन्म दिएका हुन् । ग्राफिक डिजाइनर २३ वर्षीय उनले तोकिएको मितिभन्दा सात हप्ता पहिले छोरीलाई जन्म दिएका हुन् । उनलाई गत हप्ता मात्र सन्तानलाई जन्म दिने बेलायतको पहिलो पुरुष घोषणा गरिएको हो ।
आफ्नी छोरीलाई आलिंगनमा बााधेर निकै खुसी देखिएका स्कट भन्छन्, ‘उनी निकै राम्री छिन् र मैले आफूलाई निकै भाग्यमानी महसुस गरिरहेको छु । मलाई लाग्छ मैले एक अभिभावकको रुपमा निकै राम्रो भूमिका निभाइरहेको छु ।’
स्कट गत दुई वर्षदेखि आधिकारिक रुपमा एक पुरुषको रुपमा जीवनयापन गरिरहेका छन् । उनी वेस्ट लण्डनस्थित जेन्डर आइडेन्टिटी क्लिनिक आइचेरिङ क्रस अस्पतालमा उपचार गराइरहेका छन् । उनले लिंग परिवर्तन गर्ने प्रक्रियालाई ‘सारा’ लाई जन्म दिनका लागि स्थगित गरेको जानकारी दिए ।
उनले डेली मेललाई ३२ हप्ताको स्क्यानसमेत देखाए जसमा उनको लिंग पुरुष तोकिएको थियो । उनले अस्पतालका कर्मचारी निकै सहयोगी भएको र उनीहरुले जहिले ‘ड्याड’ भनेर सम्बोधन गरेको उनले बताए ।
उनले अर्को वर्ष शल्यक्रिया गरी स्तन हटाउने सोच बनाएका उनले बिस्तारै अन्य अंग पनि हटाउने जानकारी दिए ।
एक अन्तर्वार्तामा स्कटले आफू गलत यौनाङ्गसहित जन्मिए पनि पहिलेदेखि नै सन्तानको इच्छा भएको बताए ।
प्रतिक्रिया