Sharma by calling aloud
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १५ आइतबार , बागलुङ– उपस्थित हुन नसकेपछि गृहमन्त्री जनार्दन शर्माले बाग्लुङको एक कार्यक्रमलाई मोबाइलबाटै सम्बोधन गरेका छन् ।
बागलुङमा भएको नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठन, बागलुङ शाखाको प्रथम जिल्ला अधिवेशनमा उनले मोबाइलबाट मन्तव्य राखे । शनिबार दिउासो करिब ५ मिनेट काठमाडौाबाटै अधिवेशनलाई सम्बोधन गरेका मन्त्री शर्माले स्वाधिन अर्थतन्त्रका लागि उद्योग, व्यापारको विकासमा जोड दिए ।
उनले मुलुकको आर्थिक समृद्धिका लागि जल, जमिन, जङ्गल र जनश्रमलाई अधिकतम उपयोग गर्नुपर्ने बताए । अर्थतन्त्रलाई सुदृढ र स्वाधिन बनाउनसके मात्र मुलुक अघि बढ्छ”, गृहमन्त्री शर्माले भने ।
‘मुलुक राजनीतिक परिवर्तन हासिल गर्दै आर्थिक क्रान्तिको बाटोमा अघि बढेको छ’ मन्त्री शर्माले भने, ‘राष्ट्रिय पूाजी र स्वाधिन अर्थतन्त्र निर्माणका लागि सबै लाग्नुपर्ने बेला आएको छ ।’ उनले आउादो १५ वर्ष्भित्र मुलुक आर्थिक विकासको नयाा चरणमा पुग्ने समेत दाबी गरे ।
अधिवेशनले सङ्गठनको नयाा नेतृत्व चयन गर्ने बागलुङ शाखाका संयोजक रतन मलेपतिले जानकारी दिए । अधिवेशनमा जिल्लाका १० वटै स्थानीय तहबाट दुई सयभन्दा बढी प्रतिनिधि सहभागी छन् ।
रासस
प्रतिक्रिया