Bisal Chautari Logo

भरतपुर वडा नम्बर १९ मा पुन मतादान गर्ने, सर्वोच्चको फैसला

- १६ श्रावण २०७४, सोमबार ०७:३३ मा प्रकाशित


Re-votinga in Bharatpur, the highest decision
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १६ सोमबार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुन: मतदान हुने फैसला सर्वाच्च अदलातले सुनाएको छ। BHAKTAPUR
न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले पुन: निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट खारेज गर्दै पुन: मतदान गर्ने आयोगको निर्णय कानुनसम्मत रहेको भन्दै सदर गरेको हो।
जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा आज फैसला भएको हो। यसअघि अन्तरकालीन आदेशबाट पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको थियो।
साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने वा नपाउने निश्कर्षमा पुगेको थिएन । न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा मुद्धा हेर्दाहेर्दैमा सुनुवाइ भइरहेको थियो।
नेकपा एमालेले मत गणना पहिलेकै ठाउाबाट थाल्नुपर्ने अडान लिएको थियो भने माओवादी केन्ऽ र कांग्रेसले पुनस् मतदान हुनुपर्ने अडान लिएको थियो। निर्वाचन आयोगले यस विषयमा छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमल्सिनाको संयोजकत्वमा छानबिन टोली गठन गरेको थियो। टोलीको प्रतिवेदनपछि आयोगले मत गणनाका क्रममा च्यातिएको मतपत्र संख्या किटान गर्न निर्देशन दिादै प्रकृयालाई लम्ब्याएको थियो।
९० वटा मतपत्र च्यातिएको प्रतिवेदन आएपछि दुई दिनसम्म बसेको बैठकले कुनै निश्कर्ष निकाल्न सकेको थिएन। त्यसपछि आयोगले कानुनी प्रावधान उल्लेख गर्दै पुन: मतदानको निर्णय गरेको थियो।
भरतपुरको १९ नम्बर वडामा २८६० मत खसेको थियो। यो वडामा किरण मावि किरणगञ्ज, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर र शारदा मावि शारदानगरबजार गरि तीन वटा मतदान केन्ऽ रहेको छ ।
वडा नम्बर १९ को १८०९ भोट गनिसक्दा ७३३ मतले देवीको अग्रता थियो, जतिबेला मतपत्र च्यातियो । किरण मावि किरणगञ्जमा १२४८, जीवनज्योति राष्ट्रिय आधारभूत विद्यालय पूर्वगुञ्जनगर १३०६ र शारदा मावि शारदानगरबजारमा १२४८ गरी कूल ३ हजार ८०२ मतदाता रहेका छन्।

प्रतिक्रिया