Bisal Chautari Logo

पहिरोको कारण गुर्जे भञ्ज्याङमा सडक अवरुण्द्ध

- १६ श्रावण २०७४, सोमबार १२:५७ मा प्रकाशित


Landslides blocked roads due to some valley gurje
विशाल चौतारी समाचार
त्रिशूली, २०७४ श्रावण १६ सोमबार । गुर्जे भञ्ज्याङमा पहिरोका कारण सडक अवरुद्ध भएको छ । नुवाकोटलाई छहरे हुादै राजधानी जोड्ने सडक छहरे टोखा सडक खण्डमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
Landslides blocked roads due to some valley gurjeनुवाकोटलाई काठमाडौासंग जोड्ने सबैभन्दा छोटो सडक छहरे टोखा सडक खण्डअन्तर्गतको गुर्जेभञ्ज्याङस्थित नेपाली सेनाको चेकजााचनजिकै डााडो भासिएर सडकमा खसेको हो । गएरातिदेखि अवरुद्ध सडक खुलाउने कार्य जारी रहेको छ ।
अवरुद्ध सडक खुलाउन डिभिजन सडक कार्यालयका स्काभेटरले हटाउन शुरु गरेपछि निरन्तर पहिरो खसिरहेका कारण खुलाउन नसकेको डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख रोहित विसुरालले बताए । सडक खुलाउन नेपाली सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ ।
सडक अवरुद्ध भएका कारण काठमाडौाबाट नुवाकोटतर्फ गइरहेका तथा नुवाकोटबाट काठमाडौा आइरहेका सवारीसाधन अलपत्र परेका छन् ।

प्रतिक्रिया