The road is closed reason to landslide
विशाल चौतारी समाचर
चितवन, २०७४ श्रावण १९ बिहिबार । नारायणगढ–मुग्लिन सडकका १० भन्दा बढी ठाउामा पहिरो खसेपछि सडकको बीचबीचमा १२५ भन्दा बढी सवारीसाधन अलपत्र परेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार अलपत्र परेका सवारीसाधनलाई गन्तव्यतर्फ लैजान एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ । बुधबार सााझदेखि सडक अवरुद्ध बनेको छ । सााझ ७:३५ बजे कालीखोला नजिकै तीनकिलो भन्ने ठाउामा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ।
सो ठाउामा काठमाडौाबाट इलाम जान आउादै गरेको ना६ख ७१२१ नंको यात्रुबाहक बस र बा१५च ९३८१ नंको स्करपियो पहिरोले पुरिएका थिए । बस त्रिशूलीमा खसेर बेपत्ता छ भने स्करपियो पहिरोमा पुरिएको छ । पहिरो खसेको देखेपछि चालकले गाडी रोकेर चालक र यात्रु भागेर बााच्न सफल भएका थिए । घटनास्थल मुग्लिनबाट तीन किलोमिटर नारायणगढतर्फ कालीखोला नजिकै पर्छ ।
त्यसैगरी उक्त सडकखण्डको चेपाङडााडामा गएराति रोकिराखेका दुई ट्रक माथिबाट झरेको लेदोले पुरिएका छन् । ट्रक चालक भने भागेर बााच्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो सडकको दुईकिलो, तीनकिलो, सेतीदोभान, घुमाउनेलगायतका १० भन्दा बढी ठाउामा ठूला पहिरा खसेका छन् । अन्य ठाउामा पनि सानातिना पहिरो खसेको भए पनि यकिन तथ्यांक भने आउन नसकेको बताए ।
पानी परिरहेकाले पहिरो खस्ने क्रम जारी रहेको छ । जसका कारण पहिरो पन्छाउनसमेत कठिन भएको खनालले बताएका छन् । रासस
प्रतिक्रिया