A number of growing to death reason to swine flu
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण १९ बिहिबार । स्वाइनफ्लुको कारण झापा बिर्तामोडमा दुई जना महिलाको मृत्यु भएको छ । उनीहरुको उपचाराको क्रममा मृत्यु भएको हो। हिजो बुधबार पनि ग्रिनसिटी अस्पतालमा पोखराबाट उपचार गराउन आएकी ३६ वर्षकी महिलाको स्वाइनफ्लुको कारण मृत्यु भएको छ।
पुसदेखि अहिलेसम्म ८२ जना बिरामीहरुलाई स्वाइनफ्लु भएको पुष्टि भएको छ। यो संख्या अझै बढी हुन सक्ने सम्भावना रहेको छ।
झापा, भरतपुर, पोखरा लगायत अन्य जिल्लामा स्वाइनफ्लुको भाइरस फैलिएको छ। स्वाइन फ्लुको कारण गत वर्षको पुस महिनादेखि अहिलेसम्म ६ जनाको मृत्यु भएको इपिडिमियोलोजी रोग महाशाखाले जनाएको छ।
पुसदेखि अहिलेसम्म ८२ जना बिरामीहरुलाई स्वाइनफ्लु भएको पुष्टि भएको छ। यो संख्या अझै बढी हुन सक्ने अधिकारी बताउाछन्।
बान्ता हुने, पखाला लाग्ने र उच्च ज्वरो आउने यी सामान्य रोगका लक्षणहरु पनि खतराका संकेत हुन्। खोकी लाग्ने, घााटी दुख्ने, वाकवाकी लाग्ने यी सामान्य रोगका लक्षण हुन्। तर, सामान्य भनेर बेवास्ता गर्दागर्दै स्वाइन फ्लुका कारण ६ जनाको मृत्यु भइसकेको छ। यी मध्ये कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य सस्थामा जाने सुझाव दिन्छन् डा. बाबुराम मरासिनी।
इपिडिमियोलोजी रोग महाशाखाका कर्मचारी गुणनिधि अधिकारीले दिएको जानकारी अनुसार टिचिङ अस्पताल, ग्राण्डी अस्पताल र ग्रिनसिटी अस्पतालमा स्वाइनफ्लुका कारण बिरामीहरुको मृत्यु भएको छ।
के हो स्वाइनफ्लु ?
स्वाइनफ्लु भनेको मौसमी रुघाखोकी (सिजनल फ्लु) को प्रकार हो। रुघाखोकी बिग्रिएर यसले असर गर्न सक्छ। मरासिनीका अनुसार रुघााखोकी लाग्ने बित्तिकै डराउनुपर्दैन। तर, सावधान भने रहनुपर्छ।
एच वन एन वान भाइरसको रुपमा स्वाइनफ्लुलाई चिनाइन्छ। प्रत्येक वर्ष यो भाइरस फैलने देखिएको छ। रुघाखोकी, ज्वरो जस्ता सामान्य रोग बिग्रिएर यो भाइरस फैलने मरासिनी बताउाछन्।
कसरी फैलिन्छ स्वाइनफ्लु?
डाक्टर बाबुराम मरासिनीका अनुसार स्वाइनफ्लु मौसमको कारण लाग्ने गर्छ। चिसो र तातो मौसम परिवर्तन भइरहने भयो भने स्वाइनफ्लुको भाइरस फैलने गर्छ।
अहिले काठमाडौंमा छिनमै पानी पर्ने र छिनमै घाम लाग्ने मौसम भएकाले स्वाइनफ्लुको भाइरस फैलिएको मरासिनी बताउाछन्। स्वाइनफ्लुका बिरामीहरुको अस्पतालमा चाप बढेको समेत उनले बताए।
कसरी बच्ने ?
साधारण लक्षण देखिनासाथ अस्पताल गएर जााच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिने मरासिनी बताउाछन्। बाहिर हिाड्दा मास्क लाएर हिाड्ने ,चिसोमा न्यानो लुगा लगाउने जस्ता साधारण सावधानी गरेमा यसबाट बच्न सकिन्छ।
‘रुघा लागेमा लोकल रक्सी झानेर खाादा पनि बच्न सकिन्छ,’ मरासिनीले भने, ‘ हाच्छिउा गर्दा रुमालले मुख छोप्ने, रुघा लागेका मानिससाग अंकमाल नगर्ने, टिस्यु पेपर प्रयोग गर्ने गरेमा यसबाट बच्न सकिन्छ।’
कस्ता मानिसलाई खतरा छ ?
मरासिनीका अनुसार स्वस्थ मानिसलाई स्वाइनफ्लुले सजिलै असर गर्न सक्दैन। महिला, बालबालिका तथा रोगी मानिसहरुलाई स्वाइनफ्लुले चाडै असर गर्ने उनी बताउाछन्।
‘सुगर, प्रेसर, मुटुरोग,मृगौला तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसहरुलाई खतरा छ। उनीहरुको रोगसाग लड्न सक्ने क्षमता कम हुन्छ,’ उनले भने, ‘स्वस्थ मानिसले डराउनु पर्ने केही छैन। केही सावधानी अपनाए यसले खासै केही असर गर्दैन।’
प्रतिक्रिया