Bisal Chautari Logo

भरतपुर–१९ मा पुन: मतदान शुरु मतदाता छाता ओढेर सहभागी

- २० श्रावण २०७४, शुक्रबार ०५:२० मा प्रकाशित


political news
विशाल चौतारी समाचार
चितवन, २०७४ श्रावण १९ शुक्रबार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा आज पुन: मतदान हुादैछ। मतपत्र च्यातिएको दुई महिनापछि पुन: मतदान हुन लागेको हो।
bharatpurवैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा भरतपुरमा पनि मतदान भएको थियो। सर्वोच्च अदालतको आदेश अनुसार भरतपुर १९ मा पुन: मतदान हुन लागेको हो।

पुन: भइरहेको मतदानमा वर्षाका कारण छाता ओढेर सर्वसाधरण मतदानमा सहभागी भएका छन्। मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन्।

चितवनमा निरन्तर पानी परिरहेका कारण मतपत्रको सुरक्षाका लागि टेण्टको व्यवस्था गरी मतदान गराइएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए।
यसअघि मतपत्र च्यातिएका कारण कडा सुरक्षा व्यवस्थाबीच निर्वाचन आयोगले निर्वाचनको तयारी गरेको छ।
भरतपुर १९ मा तीन हजार ७९७ जना मतदाता छन्। वडामा ६ वटा मतदान केन्द्र छन्।
लामो विवादपछि अदालतको आदेश अनुसार मतदान हुन लागेको हो। अदालतको आदेशलाई कांग्रेस माओवादी गठबन्धन दलले स्वागत गरेका छन्। एमालेले भने आदेश अपराधिक क्रियाकलाप गर्नेकै पक्षमा भएको भन्दै असन्तुष्टि जनाएको छ। अदालतको आदेश कार्यान्वयनका लागि दुवै गठबन्धन र एमालेका दुवै उम्मेदवार जनताको अदालतमा पुगेका छन्।

प्रतिक्रिया