27 munificent in the river
विशाल चौतारी समाचार
कञ्चनपुर, २०७४ श्रावण १९ शुक्रबार । कञ्चनपुरको शुक्लाफााटा नगरपालिका–७ चिउरी खोलाको दोभानमा थुनिएका २७ जनाको गएराति अबेर उद्धार गरियो । गोठाला गएकाहरु निरन्तरको वर्षाका कारण खोलामा पानीको बहाव उच्च भएपछि थुनिएका थिए ।
वडाध्यक्ष जगतबहादुर सिंह, जेपी स्पोर्टस् क्लबका पदाधिकारी र सशस्त्र प्रहरी सहितको टोलीले थुनिएकाको चार घण्टाको अथक प्रयासपछि सकुशल उद्धार गरेको जेपी स्पोर्टस् क्लबका अध्यक्ष दीपक भट्टले बताएका छन् । खोलाको दोभानमा थुनिएका गोठालाले घरमा फोनमार्फत जानकारी दिएपछि वडाध्यक्ष सहितको टोली उद्धारका लागि पुगेको थियो ।
घरकटुवा खोलाले काठे पुल बगायो
कञ्चनपुरको शुक्लाफााटा नगरपालिका–९ स्थित घर कटुवा खोलामा स्थानीय बासिन्दाले साताअघि बनाएको काठे पुल घर कटुवा खोलाले बगाएको छ । खोलामा गएराति आएको बाढीले पुल बगाएको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी निरीक्षक टेक जोराले जानकारी दिनुभयो । पुल बगेपछि नौखरी सिसैयाका बासिन्दाले खोला तर्न सास्ती खेप्नु परेको छ ।
बस्ती डुबानमा
कञ्चनपुरको बेलौरी नगरपालिकाअन्तर्गत पर्ने रामपुर उदयपुर बस्ती दोदा नदीमा आएको बाढीका कारण डुबानमा परेको छ । बस्तीमा बाढीको पानी पसेको खबर पाइएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको छ । कति घर डुबानमा परेको भन्ने बारे जानकारी प्राप्त हुन सकेको छैन । रासस
प्रतिक्रिया