Bisal Chautari Logo

कैलालीमा बाढी पसेर , करिब २ सय घर डुवनमा

- २० श्रावण २०७४, शुक्रबार ०९:३३ मा प्रकाशित


Flood, about 2 hundred home disestablish
विशाल चौतारी समाचार
कैलाली, २०७४ श्रावण १९ शुक्रबार । वर्षा र नदीको सतह बढेर बस्तीमा पानी पसेपछि कैलालीका टीकापुर र जानकी गाउापालिकाका गरी करिब २ सय घर डुबानमा परेको छ ।
home disestablishटीकापुर नगरपालिकाको वडानम्बर ६ को भर्तापुर गाउाका ५२ घर विस्थापित भएका टीकापुर नगरपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष बलिराम चौधरीले बताए ।
उनका अनुसार पथरैया नदीको सतह बढेर पानी भर्तापुर गाउामा पसेपछि ५२ घरका मानिसहरु उचो ठाउा रहेको भगवानपुरतिर र केही भर्तापुर प्राविमा सरेका जानकारी दिए । टीकापुर नगरपालिकाको वडा नम्बर–१ का बजार क्षेत्रको ब्लक नम्बर बी, १४, १७, १८, १९ नम्बरमा घरहरु डुबानमा छन् । यहााका पक्की सडकमाथि पानी बगिरहेको छ ।
यस्तै जानकी गाउापालिकाको वडा ४ को फरैला र ७ को जवलपुरका सय बढी घर डुबानमा परेका छन् । पथरैया र कुलरिया नदीको पानी गाउामा पस्दा सयौं जना विस्थापित भएका छन् । विस्थापितहरुको प्रहरी, स्थानीय दैवी प्रकोप उद्धार समूहमार्फत उद्धार भइरहेको छ । बाढीपीडितलाई तत्काल राहतको लागि सुक्खा खाना तथा विभिन्न स्थानमा खानाको व्यवस्था गरिरहेको जानकी गाउापालिकाका अध्यक्ष प्रदीप चौधरीले बताए ।

प्रतिक्रिया