Bisal Chautari Logo

भरतपुर महानगरमा आजैबाट मतगणना सुरु

- २० श्रावण २०७४, शुक्रबार ११:०३ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
चितवन, २०७४ श्रावण  २० शुक्रबार । भरतपुर महानगरपालकिा वडानमबर १९ को मतदान सकिएलगत्तै आज सााझबाट भरतपुर महानगरपलिका वडा नं. १९ र २० को मतगणना शुरु हुने भएको छ ।

bharatpur chitawanमतगणना सुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतगणना नेपाल तेक्वान्दो संघको कवड हलमा गरिने छ ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको स्थलमै पुन मत गणना गर्ने गरी तयारी थालिएको हो । शुक्रबार दिाउसोदेखि नै सो स्थलमा सरसफाई तथा ब्यवस्थापनको काम गरिएको छ ।
राजनीतिक दलहरुको सहमतिमा उक्त हलको ताला पनि आजै खोलिएको छ । सर्वदलीय समितिको सहमतिमा ताला खोलेर सरसफाई थालिएको सहायक निर्वाचन अधिकारी गंभिर घिमिरेले जानकारी दिएका छन् । भरतपुर जिल्ला समन्वय समिति अगाडि रहेको कभर्ड हलमा यसअघि मतगणना भएको थियो ।
मतगणना स्थलमा दिाउसैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका ३ वटै निकायका जिल्ला प्रमुखहरु समेत मतगणना स्थलमा छन् । आयोगले शनिवारसम्म परिणाम सार्वजनिक गर्नेगरी मतगणना गर्ने जनाएको छ ।

प्रतिक्रिया