Bisal Chautari Logo

प्रधानमन्त्री भारत भ्रमण जादै भदौ ७ देखि

- २३ श्रावण २०७४, सोमबार १३:२८ मा प्रकाशित


The Prime Minister’s visit to India from going on Bhatra 7
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २३ सोमबार । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमणमा जादैछन् ।
nepal prime menisterमन्त्रालयको तत्कालीन कार्ययोजना सार्वजनिक गर्ने क्रममा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीको भारत भ्रमणको मिति करिब तय भइसकेको बताउादै भ्रमणका कार्यसूचीका बारेमा छलफल भइरहेको जानकारी दिएका छन् ।
सञ्चारकर्मीका जिज्ञासामा उपप्रधानमन्त्री महराले दुई ठूला छिमेकी चीन र भारतबीचको सम्बन्ध शान्तिपूर्ण, कूटनीति र वार्ताका माध्यमले सुमधुर रहिरहोस् भन्ने नेपालको स्पष्ट नीति रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाको भारत भ्रमणअघि चीनका उपप्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय चिनियाा प्रतिनिधमण्डलको नेपाल भ्रमण हुने र सो भ्रमण नेपालको भूकम्पपछिको पुन:निर्माणमा केन्ऽित हुने भनाइ थियो ।
उपप्रधानमन्त्री महराका अनुसार यही साउन २६ गतेदेखि नेपालमा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य मुलुकको मन्त्रिस्तरीय सम्मेलन हुने छ । त्यसको आवश्यक तयारी भइरहेको छ । सम्मेलनमा सातै सदस्य मुलुकका विदेशमन्त्री वा सो सरहको सहभागिता रहनेछ । मन्त्रिस्तरीय सम्मेलनपछि बिमस्टेकको शिखर सम्मेलनसमेत आयोजना गरिने छ ।
आर्थिक कूटनीतिमा जोड
उपप्रधानमन्त्री महराले अन्तर्रा्ष्टि्रयस्तरमा नेपालको सम्मान र प्रतिष्ठा अझ माथि उठाउने र समृद्ध नेपालका लागि आर्थिक कूटनीतिको प्रभावकारी सञ्चालन गर्ने मुलकको परराष्ट्रसम्बन्धी तत्कालीन प्रमुख लक्ष्य भएको बताउका छन् ।
‘मौलिक, स्वतन्त्र र स्वाधीन नेपाली पराष्ट्र नीति, अन्तर्रा्ष्टि्रय सम्मान र राष्ट्रिय समृद्धिका लागि कूटनीति’ भन्ने नाराका साथ तत्कालीन कार्ययोजना सार्वजनिक गरिएको छ । कार्ययोजनामा दुवै छिमेकी मुलुकसाग हालैका वर्षमा सम्पन्न गरिएका सन्धिसम्झौता र समझदारीको कार्यान्वयनको व्यवस्था मिलाइने उल्लेख छ । साथै चीन सरकारसाग हस्ताक्षर गरिएको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) बाट मुलुकले अधिकतम लाभ लिन अन्तरमन्त्रालय वा निकाय संयन्त्र बनाई ठोस अधिकार र जिम्मेवारी दिइने उपप्रधानमन्त्री महराले बताए ।
कार्ययोजनामा परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधारका लागि मन्त्रालयमा नियमित रुपमा कर्मचारी, राजदूत तथा विज्ञबाट समसामयिक एवं परराष्ट्र नीतिका दृष्टिकोणबाट महत्पूर्ण विषयमा अन्तरक्रिया गराइने व्यवस्था मिलाइने उ्रल्लेख छ । त्यस्तै पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका अनुभवी व्यक्तित्वको क्षमता र अनुभवबाट राष्ट्रले लाभ लिन सक्ने गरी सल्लाहकार समिति बनाई काम गरिने मन्त्रालयको योजना छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र सम्मानित बनाउन सम्बन्धित निकायसाग समन्वय गरी काम गरिने र त्यसका लागि नेपाली नियोगलाई प्रभावकारी रुपमा परिचालन गरिने छ । उप्रधानमन्त्री महराले अन्तर्रा्ष्टि्रय मञ्चमा भूपरिवेष्ठित देशको समूहलाई प्रभावकारी बनाउन पहल गरिने बताए ।
नेपालको संविधानमासार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहादै संयुक्त राष्ट्र संघको बडापत्र, अंसलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्रा्ष्टि्रय कानून र विश्व शान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वाेपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परारष्ट्र नीति सञ्चालन गरिने उल्लेख छ । रासस

प्रतिक्रिया