Bisal Chautari Logo

प्रचण्ड र डा भट्टराईबीच छिट्टै नयाा छलफल सुरु हुदै

- २४ श्रावण २०७४, मंगलवार ०८:१० मा प्रकाशित


Starting a new discussion between Prachand and Dr. Bhattarai
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २४ मंगलबार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाा शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईका बीच वर्तमान राजनीतिक परिवेशबारे आज गम्भीर छलफल भएको छ ।
Del6127911

मध्यपुरथिमि, गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा गत शुक्रबार प्रोष्ट्ेरट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अस्पताल पुग्नुभएका नेता दाहालले रासससाग भने, ँडा भट्टराईसागको भेटमा गम्भीर छलफल भएको छ, अब छिट्टै एउटा नयाा छलफलको प्रक्रिया प्रारम्भ हुन्छ भन्ने मलाई विश्वास छ ।”
पूर्वप्रधानमन्त्री दाहालले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसाग स्वास्थ्य अवस्थाबारे जानकारी लिादै उहााका शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासाग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टो छुट्टै छलफल भएको थियो ।
अस्पतालमा उपचार गराइरहनु भएका डा भट्टराईसागको भेटपछि रासससाग कुरा गर्दैै अध्यक्ष दाहालले उहााको उपचारको क्रम चलिरहेको रस्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उहाा छिट्टै घर फर्किने विश्वास व्यक्त गरेका छन् । करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउादै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताए । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको अस्पतालको मेट्रोन सुन्दरी जोशीले जानकारी दिएका छन् ।
अस्पतालका अध्यक्ष पुष्पमान अमात्यले विदेशमा हुने कतिपय उपचार यहीा हुने भएकाले स्वदेशमै नेताहरुले उपचार गराउनुपर्ने बताए ।
डा भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सोमबार राति सभामुख ओनसरी घर्ती पनि पुगेका थिए । अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले डा भट्टराईको उपचार बुधबारसम्म चल्ने र अपराह्न २ बजे घर फिर्ता पठाइने जानकारी दिनुभयो । रासस (तस्बिर र अडियो संलग्न छ ।)

प्रतिक्रिया