Bisal Chautari Logo

सरकारलाई दिएको समर्थन फिर्ता लिने राप्रपाको निर्णय

- २४ श्रावण २०७४, मंगलवार १०:५२ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २४ मंगलबार । आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्ऽीय समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
Rastriya Prajatantra Party holds Central Committee meeting

बैठकपछि पार्टीले जारी गरेको बिज्ञप्तिमा मधेस समस्या समाधानमा सरकार उदाशिन रहेको, पृथ्वनिारायण शाहको योगदानको सम्मान गर्दै राष्ट्रिय एकता दिवस मनाउन राप्रपाले गरेको आग्रहको वेवास्ता गरेको तथा राप्रपालाई विभाजित गर्ने काममा परोक्ष रुपमा सरकारमै संलग्न पार्टीले भुमिका खेलेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको उल्लेख छ ।
त्यस्तै पार्टी बिभाजनका लागि पशुपति शमशेर राणाले निर्वाचन आयोगमा दिएको निवेदन खारेज गर्न पनि राप्रपाले आयोगसमक्ष माग गरेको छ ।
राप्रपाले पार्टी विभाजन गर्दा विधान बमोजिम ४० प्रतिशत केन्ऽीय सदस्य हुनुपर्ने प्राबधान भएपनि राणाले बुझाएको हस्ताक्षर केही नक्कली र केहीको समर्थन नरहेको पनि दावी गरेको छ ।

प्रतिक्रिया