9 4 Youth started collective agricultural work
विशाल चौतारी समाचार
लमजुङ, २०७४ श्रावण २६ बिहिबार । विभिन्न २४ जिल्लाका ९४ जना युवा मिलेर लमजुङमा सामूहिक कृषि पेशा शुरु गरेका छन् ।
इजरायलमा अध्ययन र प्रयोगात्मक सीप सिकेर नेपाल फर्किएका युवाले सामूहिक कृषि व्यवसाय शुरु गरेका हुन् । उनीहरुले सुन्दरबजार नगरपालिका–३, चन्द्रश्वरमा आरभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी सञ्चालनमा ल्याई सामूहिक कृषि पेशा शुरु गरेका हुन् ।
कम्पनीका अध्यक्ष विनोद घिमिरेका अनुसार इजरायलमा सिकेको सीपले नेपालमा फर्किन प्रेरित गरेको र त्यहीाको प्रविधि अपनाउादै नेपालमा नमूना कृषि परियोजना सञ्चालन गरिएको हो । हामीसाग मरुभूमिमा फल फलाएको अनुभव छ, अब आफ्नै माटोमा त्यसको प्रयोग गछौा,” घिमिरेले बताए ।
तरकारी खेतीका साथै गाई, बाख्रा, कुखुरा, हाास, माछापालन कृषि तालिम केन्द्र सञ्चालन गर्ने योजना रहेको घिमिरेले बताए । व्यावसायिक र सामूहिक कृषिसागै कृषि पर्यटनको विकास गर्ने लक्ष्य उनीहरुको छ । करिब रु १७ करोड लगानी गर्ने सो व्यवसायका लागि रु तीन करोडभन्दा बढीको भौतिक संरचना निर्माण भइसकेको छ । कृषिका लागि २२० रोपनी जग्गा खरिद गरी भौतिक संरचना निर्माण गरिएको हो ।
कृषि फार्ममा १०० वटा गाई पाल्न सक्ने गोठ, ३०० बाख्रा पाल्न सक्ने आधुनिक खोर, १० हजार कुखुरा पाल्न सक्ने कुखुराको खोर निर्माण गरिएको सञ्चालक कृष्णप्रसाद बजागाईंले बताए । अझै जग्गा खरिद गर्ने योजना छ । नेपाल फर्किएपछि देशका लागि कृषि क्षेत्रमा केही नमूना काम गर्ने लक्ष्यसहित इजरायलमा कृषि अध्ययनकै क्रममा सो परियोजनाको खाका तयार पारिएको सञ्चालक देवराज आचार्यले बताए। पछिल्लो समय स्थानीयवासीले जग्गा उपलब्ध गराएका छन् । रासस
प्रतिक्रिया