Mahakali and Bhairav dancing start
विशाल चौतारी समाचार
भक्तपुर, २०७४ श्रावण २६ बिहिबार । इशापूर्व ३०० वर्ष पहिलादेखि मध्यपुर थिमिको नगदेश सञ्चालन भएर सात वर्षअघि बन्द भई गतवर्षबाट शुरु भएको महाकाली नाच नगदेशमा गएरातिदेखि शुरु भएको छ ।
आर्थिक अभावका कारण प्रदर्शनमा ल्याउन नसकेर २०६६ सालदेखि बन्द भई गतवर्षदेखि यो नाच स्थानीय युवाको सक्रियतामा गएरातिबाट शुरु भएको नगदेश सांस्कृतिक पुच:का सचिव विनोद कोजुले बताउका छन् ।
लोपोन्मुख अवस्थामा पुगेको नाच जोगाउन स्थानीयवासीले शुरु गरेको यो नाच गाईजात्राको भोलिपल्ट सााझबाट सञ्चालन हुने महाकाली नाच चारदिनसम्म सााझ करिब ७ बजेबाट शुरु भएर चारघण्टासम्म चल्ने गर्छ । युवापुस्ता रहेको नाचमा आठ वर्षको बालकदेखि ३५ वर्षका युवासमेतको सहभागिता रहेको कोजूको भनाइ थियो ।
मल्लकालीन नाचका रुपमा रहेको महाकाली नाचमा प्रदर्शनीका लागि करिब रु आठदेखि १० लाख खर्च हुने र उक्त रकम स्थानीय बासिन्दाबाट संकलन गरिएको छ । आगामी वर्षमा पनि नाचलाई निरन्तरता दिन अक्षय कोषको स्थापना गर्ने तयारी भएको महाकाली गण नाच व्यवस्थापन समितिका कृष्णलाल घजुले जानकारी दिनुभयो । नाच सञ्चालनका लागि स्थानीय बासिन्दा, चन्दा दाता र मध्यपुरथिमि नगरपालिकाले सहयोग गरेको छ ।
महाकाली नाचमा महाकाली एक, महालक्ष्मी एक, कौमारी एक, सिंह एक, बेता चार, भूत भैरव दुई, कवं दुई, ख्याक दुई, माक: (बाादर) दुई, म्ह्यखा एक र मैसासुर दैत्य एक गरी १८ वटा देवगणको नाचमा सहभागिता रहेको हुन्छ ।
महाकाली नाच प्रदर्शनका कारण यस क्षेत्रमा भूत, प्रेत, पिशाच, जल्, अग्नि वायु, भूकम्प, चट्याङभय, चोरको भय नहुने जनविश्वास रहेको छ । यो नाचको सुरुवात र समापनमा विशेष पूजाआजा गरिन्छ । नाचका क्रममा आठ कुखुरा, दुई बोकाको बलि चढाउनुपर्ने परम्परा रहेको महाकाली नाचका गुरु घजुले जानकारी दिएका छन् ।
तन्त्रमा आधारित या नाचका नर्तक (कलाकार)हरुले लगाउने पोशाक, मुकुण्डो र नृत्य गर्ने गरिन्छ । महाकाली नाचमा विभिन्न २१ वटा ताल रहेको र विभिन्न फरक फरक समूह तालमा नचाइने परम्परा रहेको छ । मुख्य भूमिकामा रहेका देवीहरुको एकल नाच पनि प्रदर्शनी हुनेछ ।
त्यसैगरी मध्यपुरथिमिमा आठ वर्षअघि नै लोप भई विगत दुईवर्षदेखि स्थानीय युवाको पहलमा सञ्चालन भएको प्रसिद्ध एवं ऐतिहासिक भैरव नाच गएरातिबाट शुरु भएको छ ।
मध्यपुरथिमी नगरपालिका तुलननी र कुमाननीका स्थानीय बासिन्दाको पहलमा लायकु दरबारबाट भैरव नाच शुरु भएको नाच सञ्चालन एवं व्यवस्थापन समितिका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए ।
प्राचीनकालमा मध्यपुर थिमिमा भूत, प्रेत, पिसाचले दु:ख दिन थालेको त्यसको निराकरण गर्न प्राचीनकालमा लाय्कु भैल:को रुपमा भैरव नाचको चलन चलेको तथा पछि जनस्तरबाट पनि भैरव नाच निकाली भूत, प्रेत, पिसाच भगाउने गरेको जनविश्वास रहेको छ । रासस
प्रतिक्रिया