6 deaths including pregnant
विशाल चौतारी समाचार
रौतहट, २०७४ श्रावण २९ आइबार । शुक्रकार रातीदेखि लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ ।
प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जााादै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुादा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी उपरिक्षक यज्ञ विनोद पोखरेलले बताए ।
मृत्यु हुनेमा चार पुरुष र दुई महिला छन् । जीपका चालक र अर्का एक व्यक्तिले भने ज्यान बचाउन सफल भएको स्थानीय आरजु आलमले बताए ।
चार दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्ण रुपमा डुबानमा परेको छ । २०५० सालमा आएको बाढी भन्दा पनि ठूलो यस पटकको बाढीले जिल्लाका सबै गााउपालिका र तिनवटै नगरपालिका लाई जलमग्न बनाएको छ ।
झााझ, बागमती, लाल बकैया र चादी नदीमा आएको बाढीले गौर, गरुडा र चन्ऽपुर नगरपालिका समेत डुबानमा परेको छ ।
गएराति गरुडा र सदरमुकाम गौरमा बाढीको पानी पसेको छ । गौरको मुख्य सडकमा ४ फिटसम्म पानी रहेको छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी युनिट समेत डुबानमा परेका छन् ।
प्रतिक्रिया