Bisal Chautari Logo

बाधका ढोका खोल्न एमालेको आग्रह

- २९ श्रावण २०७४, आईतवार ०५:४८ मा प्रकाशित


 pokharel request to open the doorway
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ आइबार । नेकपा (एमाले)ले अविरल वर्षा र बाढी पहिरोका कारण देशका विभिन्न भागमा उत्पन्न मानवीय र भौतिक क्षतिप्रति चिन्ता व्यक्त गर्दै अविलम्ब प्रभावकारी उद्धार र राहतको काम सञ्चालन सरकारसाग माग गरेको छ ।
uml

एमालेका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गरी संकटको यस घडीमा बाढी पहिरोपीडितको उद्धार तथा राहतको काममा स्वयंसेवकका रुपमा तत्काल खटिन पार्टी पङ्क्तिलाई आह्वान गरेका छन् ।
एमालेले कोशी नदीमा पानीको प्रवाह खतराको संकेतभन्दा माथि आइसकेको सन्दर्भमा नेपाली भूभागमा डुबान हुन नदिन बााधका ढोका खोल्न र सीमा क्षेत्रमा एकतर्फी ढंगले बााधिएका बााधका कारण तराईका विभिन्न भूभागमा वर्षेनी हुने ठूलो क्षतिको दीर्घकालीन समाधान खोज्न कूटनीतिक पहल गर्न पनि माग गरेको छ ।
बाढी पहिरोबाट ३० जनाभन्दा बढीको ज्यान गएको छ भने १० जनाभन्दा बढी बेपत्ता, हजारौा व्यक्ति विस्थापित हुनाका साथै सयौा घर डुबानमा परेका छन् । झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, दाङ, बााके, बर्दियालगायत तराईका अधिकांश जिल्लाका विभिन्न बस्ती डुबानमा परेका छन् ।
पहाडका धेरै जिल्लामा पहिरोले थुप्रैको ज्यान लिनाका साथै कैयौा बस्तीलाई जोखिममा पुर्‍याएको छ । तराईका अधिकांश नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । पूर्व–पश्चिम राजमार्ग, मुग्लिन–नारायणघाट सडकलगायत धेरै राजमार्ग र सडकमा पहिरोका कारण आवागमन बन्द छ ।

प्रतिक्रिया