Dhurmus and Suntali to be collected for victims
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ आइबार । तीनवटा वस्ती निर्माण गरेका कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले धुर्मुस–सुन्तली फाउण्डेसनमार्फत राहत अभियान सुरु गरेका छन् । उनीहरु आइतबार बिहान नै महोत्तरीतर्फ प्रस्थान गरिसकेका छन् ।
बाढी पीडितको राहतका लागि कलाकारहरुले पहल सुरु गरेका छन् । व्यक्तिगत र संस्थागतरुपमै कलाकारले राहत अभियानको घोषणा गरेका छन् ।
धुर्मुसले महोत्तरीमा चिकित्सकसहितको राहत टिम तयारी अवस्थामा रहेको बताउादै तत्कालै काम सुरु गर्ने बताए । ‘म महोत्तरी जाादैछु,’ उनले भने, ‘बर्दिवास पुग्नेवित्तिकै राहत टिम पीडितसमक्ष पुग्छ ।’
फाउण्डेसनले व्यक्तिगतरसंस्थागत सहयोगका लागि औपचारिक अपिल गरिसकेको छ । बाढीपीडितको सहयोगका लागि प्रतिबद्धताहरु आउन सुरु भएको उनले बताए ।
प्रतिक्रिया