Artists help to the floods victims
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ आइबार । अविरल बर्षाका कारण देशका विभिन्न ठाउामा कयैले ज्यान गुमाएका छन् । कति बेपता छन् । र सयै घरपरिवार विस्थापित भएका छन् ।
बाढी पीडितका लागि कलाकार दीपकराज गिरीले एक लाख रुपैयाा सहयोग घोषणा गरेका छन् । फिल्म निर्देशकसमेत रहेकी हास्य कलाकार दीपाश्री निरौलाले मोरङ समाजमार्फत ५१ हजार रुपैयाा प्रदान गर्ने घोषणा गरेकी छन् । अभिनेत्री प्रियंका कार्कीले पनि तराईका बाढी पीडितका लागि ५१ हजार रुपैयाा दिने घोषणा गरेकी छन् । उनले उद्दार र राहतमा सरकारले ढिलाइ गरेको भन्दै आलोचना गरेकी छन् ।
काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाा व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।
गजुरेल उपाध्यक्ष रहेको हास्य कविरकलाकारको संस्था सिस्नुपानी नेपालले संस्थागत राहतको तयारी गरेको छ । ‘आज बैठक बोलाएका छौं,’ उनले भने, ‘उद्दार र राहतका लागि गर्न सकिने विकल्पहरुमा छलफल हुन्छ ।’
अमेरिकामा रहेका गायक प्रेमराजा महतले २१ हजार रुपैयाा सहयोग दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया