The historian says “the country is still heavy rain”
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ आइबार । जल तथा मौसम विज्ञान विभागले अझै एक–दुई दिन देशभर पानी पर्ने जनाएको छ । आइतबार बिहानसम्म मनसुन नेपालको पुर्वी भागमा बढी सक्रिय भएपनि दिउासोबाट पश्चिमी भेगमा सक्रिय रहनेछ । यद्यपि बर्षा भने देशभर नै हुनेछ ।
मौसमविद् शान्ति काडेलका अनुसार मनसुन पूर्वबाट पश्चिमतर्फ सक्रिय हुदैछ । आईतबारदेखि सोमबार बिहानसम्म चितवन जिल्लाबाट पश्चिमतर्फ भारी बर्षा हुने मौसमविद काडेलले जानकारी दिइन् ।
उनका अनुसार आइतबार सबैभन्दा बढी पानी सिमारामा परेको छ । आइतबार विहान ८ बजेको विभागको रेकर्ड अनुसार सवैभन्दा बढी सिमरामा एकसय ९२ मिलिमिटर पानी परेको छ भने सवैभन्दा कम डडेलधुरामा ०.० मिलिलिटर पानी परेको छ । सामान्यतया एकसय मिलिमिटर भन्दा बढि पानी पर्दा भारी बर्षा भनिन्छ ।
विभागका अनुसार पश्चिमका चितवन, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, हुदै कञ्चनपुरतिर मनसुन केन्ऽित भएकाले सोमबारसम्म ती स्थानमा भारी बर्षा हुनेछ ।
यता, भारी वर्षाका कारण पश्चिमको बबईका ५ वटा नदीहरुमा पानीको सतहले खतराको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले ती नदीहरुमा चेतावनीस्वरुप साइरन बजाएको छ ।
सामान्यतया नेपालमा मनसुन १० जुनबाट पुर्वी नेपालबाट सुरु भई देशभर फैलने गर्छ ।
प्रतिक्रिया