Bisal Chautari Logo

महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजिनामा बुझाए

- २९ श्रावण २०७४, आईतवार ०९:०७ मा प्रकाशित


political news
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ आइबार । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले राजीनामा दिएका छन् । उनले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । प्रधानमन्त्रीले राजिनामा दिएसागै महान्यायाधिवक्ताले पनि राजिना दिनुपर्ने हुन्छ । तर, देउवा सरकार बनेको लगभग दुई महिनापछि मत्रा श्रेष्ठले राजीनामा दिएका छन् ।
raman_shresta9485

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्त गरेका थिए । तर,प्रचण्डले राजीनामा दिएपछि पनि महिनौ दिनसम्म श्रेष्ठ पदमै बसिरहेका थिए ।
आज आइतबार प्रधानमन्त्री देउवासाग परामर्श लिएर उनले राजिना दिएका हुन् । तत्कालीन प्रधानन्यायाधीश शुशीला कार्कीमाथि सत्तारुढ दल कांग्रेस र माओवादी केन्ऽले महाभियोग दर्ता गराउादा श्रेष्ठले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यससागै केही दिनका लागि प्रधानन्यायाधीश कार्कीले विश्राम लिनु परेको थियो ।

प्रतिक्रिया