Relief Fund Establishment for flood victims by NRN
२ विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २९ शनिबार । बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाा सहयोगको प्रतिवद्धता जनाएका छन् ।
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ । ‘यो दु:खको घडीमा हामी देशबासीको साथमा छौं’ अध्यक्ष घलेले भने( बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।’
एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एकरएक लाख रुपैयाा सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
बाढीपहिरो पीडितलाई के(कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासाग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।
तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाा र्पुयाउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ ।
संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ । साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्ऽीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।
मुलुकलाई विपत परेका बेला गैरआवासीय नेपाली संघले सक्रियताका साथ मानवीय सहयोग गर्ने गरेको छ । ०७२ सालमा आएको महाभूकम्प तथा नाकाबन्दीका कारण सिर्जित मानवीय संकटका बेला पनि गैरआवासीय नेपाली संघले राहत वितरण गरेको थियो ।
साथै एनआरएनएले भूकम्प पीडितका लागि गोरखाको लाप्राकमा एकीकृत वस्ती बनाइरहेको छ
प्रतिक्रिया