Bisal Chautari Logo

हास्यकलाकार धुर्मुसद्वारा बाढी पिडितलाई राहत वितरण

- ३० श्रावण २०७४, सोमबार ०४:०४ मा प्रकाशित


Relief distribution to flood victims by Dharmus
विशाल चौतारी समाचार
बर्दिवास, २०७४ श्रावण ३० सोमबार । हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल)ले महोत्तरी जिल्लाको भंगाहा–४ रामनगरका ३५ परिवार बाढीपिडितलाई राहत वितरण गरेका छन् ।
धुर्मुस-सुन्तली-

आइतबार सााझ काठमाडौाबाट बर्दिवास पुगेका धुर्मुसले आइतबार राति भंगाहा–४ रामनगरको मुसहर बस्तीका बाढीपीडित ३५ परिवारलाई राहत प्रदान गरेको हो ।
परालले झुप्रामा बसोबास गर्दै आएका सो बस्तीका ३५ परिवारले शनिबार बिहान बाढीले घर डुबान गरेपछि भोकभोकै बस्दै आएको बेला पाइएको राहतले बााच्ने आशा पलाएको बताएका छन् ।
चिउरा, मुरी (भुजा) बिस्कुट, चाउचाउ लगायतका तयारी खानेकुरा र एक/एकवटा टर्चलाइट धुर्मुसले ३५ परिवार बाढीपिडितलाई दिनुभएको सो बस्तीका जुगल सादा मुसहरले बताए ।
धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहनुभएका हास्यकलाकार धुर्मुसले आपत् परेका बेला तत्काल मलहम लगाउन आफू केही खाद्यवस्तु र टर्चलाइट लिएर बाढीपीडित भेट्न आएको बताए ।
राहत वितरणसागै जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका स्वास्थ्य निरीक्षक सन्तोषकुमार ठाकुरले बाढीपिडित परिवारका सबैको स्वास्थ्य जााच गरी औषधि वितरण गरेका छन् ।
गत शनिबार सो बस्तीमा पसेको रातु र बडहरि नदीको बाढीले मुसहर बस्ती डुबाएसागै चारवटा घर लडाएको थियो । रासस

प्रतिक्रिया