Flood prevented distribution of affected areas
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३० सोमबार । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा आइएनजीओहरुलाई मनपरी रुपमा राहत वितरण गर्न सरकारले रोक लगाएको छ ।
सोमबार बिहान बसेको केन्द्रिय दैवी प्रकोप उद्दार समितिको बैठकपछि गृहमन्त्री जनार्दन शर्माले एनजीओलाई फिल्डमा गएर सामान बााड्न रोक लगाइएको जानकारी दिए ।
शर्माले त्यसका लागि समाजकल्याण परिषद् र अर्थ सचिवलाई निर्देशन आवश्यक निर्देशन पनि दिएका छन् । सरकारको निर्णयसागै अब एनजीओहरुले सरकारसागको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्नेछ ।
भूकम्पको बेला एनजीओहरुले गरेको मनगरीलाई दृष्टिगत गर्दै बाढी पहिरोले निम्त्याएको विपद्का समयमा सजकता अपनाइएको गृहमन्त्रीको भनाई छ ।
एनजीओले जिन्सी राहत वितरण गर्न चाहे अब विपद् व्यवस्थापन महाशाखासाग समन्वय गर्ने गर्नुर्नेछ भने सरकारले प्राथमिकताको आधारमा वितरण गर्नेछ । यस्तै नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्दार राहत कोषमा रकम जम्मा गर्न सक्नेछन् ।
यस्तै बैठकले बाढी पहिराले क्षति पुर्याएका ठाउामा नीजि र सरकारी सम्पत्तिको लगत १० दिनभित्र संकलन गर्ने निर्णय पनि गरेको गृहमन्त्री शर्माले जानकारी दिए ।
बैठकपछि मुख्य सचवि राजेन्ऽ किशोर श्रेष्ठले राहत उद्दार र क्षतिको मूल्यांकन तत्काल गर्नेगरी निर्णय भएको जानकारी दिादै सडक सञ्चाल र विद्युत आपूर्ति कसरी सुचारु गराउने भन्नेमा पनि छलफल भएको बताए ।
प्रतिक्रिया