The 8-year-old body was not buried
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३० सोमबार । अविरल वर्षापछि आएको बाढीले ७० भन्दा बढीको मृत्यु भयो । बाढीमा परी मृत्यु भएको सप्तरीको कोइलाडी– ६ का ८ वर्षीय कमल सदालाई पुर्ने ठाउा नभएको कारण कोसीमा बगाएको छ ।
निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको शव पुर्ने पर्ने हो ।
तर, जलमग्न भएको गाउामा कमलको शव पुर्ने ठाउा परिवारले पाएन ।
परिवारका सदस्यहरुले उनको शवलाई कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् । उनले कमलको शवलाई कोशीमा बहाइदिए ।
यो तस्वीर युरोपियन प्रेस एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्ऽ श्रेष्ठले खिचेका हुन् ।
प्रतिक्रिया