Bisal Chautari Logo

एक दाम्पतीले खोले घरमै अनाथालय

- ३० श्रावण २०७४, सोमबार ११:०२ मा प्रकाशित


Orphanage opened at home
विशाल चौतारी समाचार
डोल्पा, २०७४ श्रावण ३० सोमबार ।  त्रिपुरासुन्दरी नगरपालिका–१ का दिलबहादुर विष्ट र दिलमाया विष्ट एक दम्पतीले आफ्नै घरमा अनाथालय स्थापना गरेका हुन् ।
anath (1)लामो समयदेखि सामाजिक कार्यमा सक्रिय विष्ट दम्पतीले अनाथालय स्थापना गरी तीनदेखि आठ वर्षसम्मका १९ बालबालिकालाई आफ्नै घरमा बसोबासको व्यवस्था मिलाएका छन् ।
विष्ट दम्पतीले दुर्गम गाउामा अभिभावक गुमाउादा लालनपालन र शिक्षाको अवसरबाट वञ्चित बालबालिकालाई अनाथालयमा राखेर शिक्षाको समेत व्यवस्था गर्दै आएका छन् । उनीहरु विष्ट दम्पतीको सहयोगमा मदरल्यान्ड फोक्सुन्डो एकेडेमी बोर्डिङ स्कुलमा अध्ययन गरिरहेका छन् ।
ँहाम्रा सन्तान छैनन्, टुहुरा बच्चा बेवारिसे देख्दा मन थाम्न सकिादैन, त्यसैले लालनपालन र पठनपाठनको व्यवस्था गरेका हौा,” विष्ट दम्पतीको भनाइ छ । रासस

प्रतिक्रिया