Four bodies found in Parsa with two Indians
विशाल चौतारी समाचार
वीरगञ्ज, २०७४ श्रावण ३० सोमबार । विगत केही दिनयता परेको अविरल वर्षाको कारण पर्सा जिल्लामा बाढीले हालसम्म दुई भारतीयसहित चारजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
फाईल फोटो
बाढीले बगाउादा पिपरडारीका ५० वर्षीया बुनिदेवी महतो, झौवागुठीका १२ वर्षीय विवेककुमार साह, भारतीय नागरिक ५० वर्षीय रामस्वरुप माझी र ४२ वर्षीया नुराखातुनको शव फेला परेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए।
आइतबार दिउासो भौसी चराउन गएकी महत्तो घर फर्किने क्रममा भौसीको पुच्छर समातेर घर नजिकै रहेको नदी तर्न खोज्दा बाढीले बगाएको थियो । भने हालसम्म महत्तोको शव फेला परेको छैन । यस्तै विन्धवासिनी गाउापालिका–३ झौवागठीका १२ वर्षीय विवेककुमार साह तिलावे नदीमा आएको बाढी हेर्न गएको बेला उनलाई बाढीले बगाएको थियो ।
यसैगरी पश्चिमी भेगमा रहेको पौर्ताहा र दशैया खोलामा आएको बाढीले भारत बेलहीयाका रामस्वरुप माझीलाई पकहामैनपुर र नुना खातुनलाई जानकिटोला नजिक रहेको खोलाले बगाएको अवस्थामा शव फेला परेको थियो । निज खातुनको शव परिवारले लगेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया