Decision of Maubadi to give flood victims to one month’s salary
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३० सोमबार । नेकपामाओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब बाढी पीडितहरुको राहतका लागिदिने निर्णय गरेका छन् ।
पार्टी कार्यालय पेरिस डााडामा आज बसेको संसदीयबोर्डको बैठकले बाढी पीडितहरुको राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलबदिने निर्णय गरेको प्रमुख सचेतक रेखाशर्माले जानकारी दिएका छन् ।
बाढी पहिरो प्रभावितजिल्लाका सांसदहरुलाई पीडितहरुको उद्धार, राहत र पुन:स्थापनाको काममा सक्रियतापूर्वक लाग्न बैठकले निर्देशन समेत दिएको छ । सत्ता साझेदार माओवादीको संसदीयबोर्ड बैठकले बाढी पीडितहरुको राहत, उद्धार तथा पुन:स्थापनाको कामलाई प्रभावकारी र तदारुकता साथ अघि बढाउन सरकारलाई आग्रह समेत गरेको छ ।
बैठकले संविधान संशोधनविधेयक संसदबाट पास गराउनभूमिका खेल्ने निर्णय पनि गरेको माओवादीले जनाएको छ ।
प्रतिक्रिया