Bisal Chautari Logo

सरकारले के गर्दै छ ? बाढी पिडितहरुको लागि

- ३१ श्रावण २०७४, मंगलवार ०६:१५ मा प्रकाशित


What is the government doing? For flood victims
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । केही दिनदेखि परेको लगातारको वर्षाको कारण देशका विभिन्न जिल्ला बाढी, पहिरो र डुबानबाट प्रभावित बनेको छ । सोमबार साझसम्मको तथ्यांक अनुसार अहिलेसम्म ९१ ज्यान गुमाएका , ४० जना बेपता र २५ जना घाइते रहेका छन् ,
home-ministry

गृहमन्त्रालयका अनुसार देशका ३३ जिल्ला प्राकृतिक प्रकोपमा प्रत्यक्ष रुपमा प्रभावित बनेका छन् । हजारौाको संख्यामा परिवार विस्थापित बनेका छन् ।
यसबीचमा सरकारले प्रभावित २१ जिल्लाहरुमा रु. १ करोड ९८ लाख निकासा गरेको छ भने मृतकका परिवारलाई २ लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
बाढी डुबान क्षेत्रमा हालसम्म भएका मुख्य कार्यहरु
खोज तथा उद्धार
– खोज तथा उद्दार र राहतका लागि कुल जनशक्ती २६,७०० प्रत्यक्ष फिल्डमा खटिएका छन् ।
– खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलीकप्टर ७ वटा, निजी क्षेत्रका हेलिकप्टर ६ वटा, मोटर बोट, र्या्फ्टींग बोट, डोरी, ट्युव लगायतका साधनहरु प्रयोग गरिएको छ ।
– कैलाली भजनीका ४० घरपरिवारलाई नजिकैको सुरक्षित क्षेत्रमा सेल्टरमा राखिएको छ ।
– धनुषा जिल्लामा ६०० प्रभावित घरपरिवारलाई धर्मशाला, विद्यालय सेल्टरमा राखिएको छ ।
– बााकेमा जम्मा २७२ घरपरिवारका १८८० लाई नजिकका विद्यालय भवन, गा.वि.स.भवन लगायत विभिन्न २२ वटा सेल्टरमा राखिएको छ ।
– अन्य जिल्लामा पनि विभिन्न सेल्टरहरुमा राखिएको छ ।
राहत तथा खाद्यान्न वितरण
– रौतहटको गौर र गरुडा तथा सर्लाही जिल्लाका विभिन्न स्थानमा फसिरहेका व्यक्तिहरुको लागि ३,९५० के.जी.खाद्यान्न (ड्राइफुड) सेट हेलीमार्फत लिई वितरण गरिएको छ ।
– चितवनवाट ५,००० के.जी. र मकवानपुरवाट १६८० के.जी. गरी जम्मा ६,६८० के.जी.खाद्यान्न र विरगंजवाट १००० के.जी. खाद्यान्न (ड्राइफुड) रौतहटको लागी प्याकेजिङ्ग कार्य सकी पठाउने क्रममा रहेको छ ।
–प्रभावित परिवारको लागि ५० र ६० जनासम्म अट्ने ठुलो साइजको १९ थान त्रिपाल सर्लाही जिल्लामा हेलिवाट पठाइएको छ ।
– हेटौडाबाट थप १६०० त्रिपाल रौतहट लगायतका जिल्लामा पठाउने क्रममा रहेको छ ।
– मोरङ्गबाट ४ वटा ठुला ट्रकमा सप्तरी जिल्लाको लागि ५,००० के.जी. खाद्यान्न (ड्राइफुड) पठाइसकिएको र वितरण गर्ने क्रममा रहेको छ ।
– मोरङ्गवाट थप १० ट्रक र विरगंजवाट थप १५ ट्रक खाद्यान्न (ड्राइफुड) बाढी सप्तरी, सर्लाही, सुनसरी र रौतहटमा पठाउने क्रममा रहेको छ ।
– वाढी डुवान प्रभावित अन्य सबैं जिल्ला प्रशासन कार्यालये सुख्खा खाद्यान्न (ड्राइफुड) पानी सहित खरिद प्याकेजिङ्ग आफै सवारी साधनहरु मार्फत ऽुत रुपमा वितरण गरीरहेको छ ।
नीतिगत निर्णयहरु
– केन्द्रिय दैवी प्रकोप उद्धार समितिको वैठक वसी केन्द्रि तथा जिल्ला स्तरमा रहेको सबै विषयगत क्षेत्र (कलष्टर) लाई सक्रिय बनाई कार्य भइरहेको छ ।
– वाढी पहिरो प्रभावित क्षेत्रहरुमा थप राहत वितरण गरी प्रभावकारिता ल्याउनको लागी मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ ।
– प्रत्येक मृतकका नजिकका परिवारलाई २ लाख रुपैयाा काजक्रिया (राहत) खर्च स्वरुप प्रदान गर्ने मन्त्रिपरिषदले निर्णय गरेको छ ।
– बाढी, पहिरो र डुवानबाट प्रभावित जिल्लाहरुमा राहत वितरणका लागि प्रभावित २१ जिल्लाहरुमा रु. १ करोड ९८ लाख निकासा गरिएको छ । अन्य रकम आवश्यकता अनुसार तत्काल पठाइनेछ ।
– राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रियमा एकिकृत रुपमा सूचना संकलन, विश्लेषण, समन्वय र प्रतिवेदन गर्न सह–सचिवको नेतृत्वमा सुरक्षा निकायहरुका प्रहरी नायव महानिरीक्षक समेत रहेको ५ जनाको कमान्ड पोष्ट खडा गरी २४ सै घण्टा सञ्चालनमा रहने व्यवस्था गरिएको छ ।
– बाढी तथा डुवान प्रभावित क्षेत्रको जनसंख्याको आधारमा औषधि सहितको स्वास्थ्यकर्मीहरुको टोली तयार गरी पानीजन्य सरुवा रोग नियन्त्रण गर्न तथा अन्य रोगहरु फैलन नदिन स्थलगत रुपमा परिचालन गरिएको छ ।
– स्थानीय तहको सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा सरोकारवालाहरु सम्मिलित उद्धार तथा राहत वितरण समन्वय समिति गठन गरी तत्काल परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।
– जिल्लामा कार्यरत सरकारी कर्मचारीहरुको विदा वा काज स्वीकृत नगर्ने र मनसुन अवधीभर जिल्ला नछोडन सवै जिल्लाका प्र.जि.अ.हरुलाई निर्देशन गरिएको छ ।
– वाढी तथा डुवान प्रभावित क्षेत्रको क्षेती मुल्यांकनको लागी प्रारम्भिक दु्रत लेखाजोखा गरी १० दिन भित्र विवरण पठाउन मन्त्रालयवाट विपद प्रभावित सवैं जिल्ला प्रशासन कार्यालयहरुमा पत्राचार समेत गरी निर्देशन दिइएको छ ।
– विपदमा परी घाइते हुनेहरुलाई सरकारी अस्पतालमा नि:शुल्क औषधी उपचारको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया