Three candidates in the press conference were present
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य, तीर्थ कोइराला र उजीर मगर गरी तीनजनाले उम्मेदवारी घोषणा गरेका छन् ।
आगामी भदौ ४ देखि ६ सम्म काठमाडौंमा महासंघको २५ औं महाधिवेशन हुादैछ । कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट प्रेस सेन्टरको तर्फबाट अध्यक्षमा गोविन्द आचार्यलाई अघि सारिएको छ ।
प्रेस सेन्टरका बरिष्ठ उपाध्यक्ष समेत रहेका आचार्य प्रचण्ड प्रधानमन्त्री हुादाका प्रेस सल्लाहकार हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष पनि हुन् । आचार्यले आफू विगतदेखि नै श्रमजिवी पत्रकारको हित र प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएकाले त्यसको सम्बद्धर्नका लागि उम्मेदवार बनेको बताए । महासंघको अध्यक्ष पदका लागि एमालेसम्वद्ध प्रेस चौतारी नेपालले बरिष्ठ पत्रकार तीर्थ कोइरालालाई अघि सारेको छ । राजधानीमा पत्रकार सम्मेलन गरेर कोइरालाको उम्मेदवारीलाई चौतारीले समर्थन जनाएको हो ।
थाहाखबरका प्रधान सम्पादक कोइराला यसअघि कान्तिपुर टेलिभिजनका समाचार प्रमुख थिए । पत्रकार महासंघको राजनीतिमा भने कोइरालाको यो पहिलो आगमन हो । उनी मूलधारको पत्रकारितामा निरन्तर क्रियाशील छन् ।
कोइरालाले आफ्नो उम्मेदवारीले क्रियाशील श्रमजीवी र व्यवसायिक पत्रकारहरुको हितका लागि लड्न प्रेरित गर्ने बताएका छन् । कोइरालाले आफू कहिल्यै कुनै पार्टीको झण्डामुनि नरहेको भन्दै आफ्नो उम्मेदवारीलाई चौतारीले समर्थन जनाएको बताए ।
त्यसैगरी अध्यक्ष पदमा वर्तमान महासचिव उजिर मगरले पनि उम्मेदवारी घोषणा गरेका छन् । मगरको उम्मेदवारीलाई आदिवासी जनजाति पत्रकार महासंघ फोनिज लगायतका संस्थाले समर्थन जनाएका छन् ।
मगरले आफ्नो उम्मेदवारी पत्रकार महासंघलाई राजनीतिक दलको बाहुबलीबाट मुक्त गर्ने र श्रमजीवी स्वतन्त्र पत्रकारको छाता संगठनका रुपमा विकास गर्नका लागि रहेको बताए ।अहिले दलभन्दा माथि स्वतन्त्र उम्मदेवारी घोषणा गरे पनि यसअघि पत्रकार महासंघको महासचिव हुादा मगरले माओवादीसम्वद्ध प्रेस सेन्टरको प्रतिनिधित्व गरेका थिए ।
विसं २००८ सालमा सत्यनारायण श्रेष्ठ संस्थापक अध्यक्ष भएर स्थापित पत्रकार महासंघमा विगत दुई कार्यकालमा प्रेस चौतारीले माओवादी सम्वद्ध पत्रकारको समर्थनमा अध्यक्ष जितेको थियो । यसपटक भने चौतारी र प्रेस सेन्टरको दुई कार्यकालको गठबन्धन टुटेको छ ।
प्रतिक्रिया