Four child deaths from unknown diseases
विशाल चौतारी समाचार
धरान, २०७४ भाद्र २ शुत्रबार। ६ देखि १४ वर्षका बालबालिका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अज्ञात रोगबाट ४ जनाको मृत्यु भएको छ ।
उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलका अनुसार बिरामीहरुमा उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखा परेको छ ।
डा पौडेलले भने ँज्वरो आएर आएका हुन्छन्, हामीले डाइग्नोसिस गर्न नपाउादै रगत वान्ता गर्ने, पेट दुख्ने र श्वास फेर्न नसक्ने भई एक दुई घण्टा मै मृत्यु भईहाल्छ हामीले अहिले सम्म रोगबारे थाहा पाउन सकेका छैनौ,”
स्क्रफ टाइफस, डेंगु, हान्टा भाइरस जस्तै कुनै कमन हुन सक्छ तर हामीले परीक्षण गर्न नपाई तत्कालै बिरामीको मृत्यु भईहाल्छ । भाइरल हेमोरेजिक फिभर हुनसक्ने डा. पौडेलले बताए ।
मृतकहरुमा इटहरी–१० सुनसरीका राजु कार्की, कन्चनपुर–१० सप्तरीका, प्रितीकुमारी चौधरी ठोकशिला–९ उदयपुरका प्रशान्त राई र धरान–१७ का विकल्प राई रहेको प्रतिष्ठानका सूचना अधिकृत सुजेन्ऽ तामाङले जानकारी दिुभएको छ । उता प्रतिष्ठानले काठमाण्डौंको टेकुस्थित इपिडेमीयोलोजी तथा रोग नियन्त्रण महाशाखालाई यसबारे जानकारी गराएको बताइएको छ ।
प्रतिक्रिया